• जेठ २, २०७६
  • डा. केदार कार्की

यसरी बचौं डेंगु हुनबाट

alt

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसबाट संक्रमितभएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दाशहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिने गरेको पाइन्छ । डेंगु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीवभाइसल संक्रमण हो । यो भाइरस डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टेकालो रङ्गको हुन्छ जसमा सेतो थोप्लापनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औंलो उत्पादनगर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु हेमोरहेजीक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङगी गल्तीले डेङ्गु भनि लेखिने ज्वरो लामखुट्टेको टोकाई सर्ने र शितोष्ण र समसीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिन पछि पछि यसका लक्षणहरु देखिन्छ । यसका प्रमुख लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरुमा पिडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सातदिन सम्म लाग्छ । केही बिरामीहरुमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कमहुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेङ्गुको अर्को विकसित रुप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेङ्गु धेरै प्रजातिको लामखुट्टेहरुको माध्यमबाट मानिसहरुमा सर्न सक्दछ । यो रोगका भाइरसहरु पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएमा हाम्रो शरीरले जीवन भरीका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर खतरालाई बढावा दिन्छ । डेङ्गुको पहिचाको टुङ्गो लगाउन धेरै परिक्षणहरु उपलब्ध छन् । यस्ता परीक्षणहरुमा विरामीको रगतमा डेङ्गुको भाइरस विरुद्ध शरीरले पैदा गर्ने एन्टीबडी वाउक्तभाइरसको आरुएनए पत्ता लगाउने गरिन्छ । केही देशहरुमा डेङ्गुको संक्रमणबाट बचाउनका लागि एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङगीबाट बच्नलामखुट्टेको वासस्थानहरु नष्ट गर्ने तथा लामखुट्टेको टोकाईबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रुपमा पानी जम्न नदिने वाजमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालेको डेङ्गु छ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिसहरु अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गु लागेको बेला माइबुप्रोफिन जस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।

डेङ्गु दोश्रो विश्व युद्धको समयदेखि विश्वव्यापी रुपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशहरुमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरु बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसहरुको मृत्यु हुने गरेको छ । डेङ्गुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौं शताब्दी मै पत्तालागेको थियो । लामखुट्टेलाई निर्मुल पार्न असम्भव जस्तै भएकोले सिधै भाइरसलाई नियन्त्रण गर्न औषधीहरुको बारेमा पनि अध्ययनभई रहेको छ ।

लक्षण तथा चिन्हहरुः
सामान्यतया डेङ्गु भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसहरुमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्काज्वरो जस्ता सामान्यखालका लक्षणहरु मात्र देखिन्छ । संक्रमितमध्ये ५ प्रतिशत मानिसहरुमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरु यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरुमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरुमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकामा डेङ्गुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरु देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरुमा विभिन्न जटिलताहरु देखा पर्ने जोखिम पनि तुलनात्मक रुपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरु मन्दखालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरु अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडी दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरुको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छः लक्षणः शुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटीकल तथानिको हुने अवस्था रिक्भरी । लक्षण शुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस भन्दापनिउच्चज्वरो आउने शरीरमा पिडा महशुशहुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् । यो अवस्थाप्रायजसो दुईदिनदेखि सातदिनसम्म रहने गर्दछ ।वाकवाकीलाग्ने तथावान्ताहुने पनिहुन सक्दछ । डेङ्गुको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरुमा लक्षण देखिन शुरु भएको पहिलो वा दोश्रो दिनमा छाला रातो तथातातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–सानाफोकाहरु देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरुलाई अङ्ग्रेजीमा आइसल्याण्ड अफ ह्वाइट इनअसीआफरेड (रातो समुन्द्रमागोराहरुको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोशीकाहरु फुटेर छालामा स–सानाथोप्लाहरु देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।

डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाईबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानीजम्न सक्ने भाडाहरु जस्तै गमला फुलदान खालीबट्टा अलकत्रा वा मट्टितेल खाली ड्रमहरु गाडीका काम नलाग्ने टायहरुमा पानी जम्न नदिने । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येकहप्ता एक दुई चम्चा मट्टितेलहाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदादिउँसो बस्ना बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ । लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मलमदल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्र हुन्छ । घर वरीपरी सफा सुग्घर राख्ने, पानीजम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरो विरुद्धको खोप र खास उपचार समेत नभएको हुँदालामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गुज्वरोको संका लागेमा हुन सक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।

ब्लाष्ट खबर

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]