• माघ २, २०८०
  • जुनकिरी खबर

इटहरीमा अनलाईन प्रणालीबाट नक्साको इजाजत पत्र प्रदान गरिने

alt

अनलाईन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न सुरु गरेपछि अहिले इटहरी क्षेत्रमा घर बनाउने घरधनीहरुलाई सजिलो हुन थालेको छ । घर नक्सा बनाउन लिनुपर्ने इजाजत पत्र अनलाईन प्रणालीबाट नै हुन थालेपछि नगरबासीहरुले फाईल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । काम पनि छिटो र सजिलो तरिकाले हुन थालेको छ ।  

एक बर्ष अघि घर बनाउन इजाजत पत्र लिन आउने नगरबासीले नक्साको फाईलमा सहि गराउन कोठा कोठा धाउँनुपथ्र्याे । प्रत्येक फाँटमा भिडभाड, लाईन बस्नुपर्ने, फाईल हराउने, फाईल तल माथी हुँदा लाईन बसेका व्यक्तिहरु वीच झगडा नै पथ्र्यो ।

 दैनिक जसो नक्सा बनाउन आउने सेवाग्राही र कर्मचारी विच भनाभन हुन्थ्यो । अलि बढि भिड भएको दिन त सेवाग्राहीले ढिलो भयो भन्दै नाराबाजी नै गर्थे । 

कार्यलयका कर्मचारीहरुलाई पनि सास्ती थियो । सेवाग्राहीको भीड र फाईलहरुको थुप्रोमा काम गर्नु उनीहरुको बाध्यता थियो । यस्तो तनावपूर्ण वातावरणमा कर्मचारीले काम गर्नुपर्ने अवस्था थियो । 

तर पछिल्लो ९ महिना यता नगरबासीले यस्तो सास्ती भोग्नु परेको छैन । उनीहरुको काम अनलाईनबाट नै हुन्छ । कर्मचारीले पनि सहज वातावरणमा काम गर्न पाएका छन् ।

इटहरी उपमहानगरपालिकाले गएको बैशाख महिना देखी घर नक्सा बनाउन अनलाईन प्रणाली सुरु गरेको छ । त्यस यता नागरिकलाई इजाजत पत्र लिन सजिलो भएको छ । 

अनलाईन सिस्टमबाट काम सुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इन्जिनियर कैलाश तिम्सिनाले बताए । अनलाईन प्रणाली राम्रोसँग सञ्चालन भईरहेको र यसले नगरबासीलाई धेरै सजिलो भएको इन्जिनियर तिम्सिनाको भनाई छ । 

घर नक्साको इजाजत अनलाईन वितरणमा सफल भएपछि  इटहरी उपमहानगरले गएको साउन देखी निःशुल्क नक्सा पनि बनाईदिने सेवा सुरु गरेको छ । नगरबासीलाई निःशुल्क घर बनाईदिने पहिलो पालिका भएको उपमहानगरको दावी पनि छ ।  

साउन महिना देखी १ हजार स्वायर फिट भन्दा साना घरको निःशुल्क नक्सा डिजाईन गरिदिएर राहत दिएको उपमहानगरको भनाई छ । 

१ आर्किटेक इन्जिनियर, ४ सिभिल इन्जिनियर, २ सब इन्जिनियर,४ असिस्टेन्ट सब इन्जिनियर र १ अमिन सहितको प्राविधिक टोलीले नगरबासीलाई घरको नक्सा निःशुल्क डिजानईन गरिदिन्छन् । 

१५ सय स्वायर फिट भन्दा माथीको भने नगरबासीले तोकिएको शुल्क तिर्नुपर्छ । अहिले दैनिक रुपमा ३ देखी ४ जना नक्सा बनाउन बुझ्न आउने गरेको घरनक्सा निर्माण शाखाका प्रमुख आर्टिकेट इन्जिनियर अरुण घिमिरले जानकारी दिए । 

साउन देखी पुस २६ गते सम्मको तथ्यांक अनुसार २१४ जनाले घरनक्साका लागि निवेदन दर्ता गराएका छन् । जसमा १८० घरधनीले नयाँ घर बनाउन निवेदन दिएका हुन ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]