• माघ २, २०८०
  • जुनकिरी खबर

इटहरीमा अनलाईन प्रणालीबाट नक्साको इजाजत पत्र प्रदान गरिने

alt

अनलाईन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न सुरु गरेपछि अहिले इटहरी क्षेत्रमा घर बनाउने घरधनीहरुलाई सजिलो हुन थालेको छ । घर नक्सा बनाउन लिनुपर्ने इजाजत पत्र अनलाईन प्रणालीबाट नै हुन थालेपछि नगरबासीहरुले फाईल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । काम पनि छिटो र सजिलो तरिकाले हुन थालेको छ ।  

एक बर्ष अघि घर बनाउन इजाजत पत्र लिन आउने नगरबासीले नक्साको फाईलमा सहि गराउन कोठा कोठा धाउँनुपथ्र्याे । प्रत्येक फाँटमा भिडभाड, लाईन बस्नुपर्ने, फाईल हराउने, फाईल तल माथी हुँदा लाईन बसेका व्यक्तिहरु वीच झगडा नै पथ्र्यो ।

 दैनिक जसो नक्सा बनाउन आउने सेवाग्राही र कर्मचारी विच भनाभन हुन्थ्यो । अलि बढि भिड भएको दिन त सेवाग्राहीले ढिलो भयो भन्दै नाराबाजी नै गर्थे । 

कार्यलयका कर्मचारीहरुलाई पनि सास्ती थियो । सेवाग्राहीको भीड र फाईलहरुको थुप्रोमा काम गर्नु उनीहरुको बाध्यता थियो । यस्तो तनावपूर्ण वातावरणमा कर्मचारीले काम गर्नुपर्ने अवस्था थियो । 

तर पछिल्लो ९ महिना यता नगरबासीले यस्तो सास्ती भोग्नु परेको छैन । उनीहरुको काम अनलाईनबाट नै हुन्छ । कर्मचारीले पनि सहज वातावरणमा काम गर्न पाएका छन् ।

इटहरी उपमहानगरपालिकाले गएको बैशाख महिना देखी घर नक्सा बनाउन अनलाईन प्रणाली सुरु गरेको छ । त्यस यता नागरिकलाई इजाजत पत्र लिन सजिलो भएको छ । 

अनलाईन सिस्टमबाट काम सुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इन्जिनियर कैलाश तिम्सिनाले बताए । अनलाईन प्रणाली राम्रोसँग सञ्चालन भईरहेको र यसले नगरबासीलाई धेरै सजिलो भएको इन्जिनियर तिम्सिनाको भनाई छ । 

घर नक्साको इजाजत अनलाईन वितरणमा सफल भएपछि  इटहरी उपमहानगरले गएको साउन देखी निःशुल्क नक्सा पनि बनाईदिने सेवा सुरु गरेको छ । नगरबासीलाई निःशुल्क घर बनाईदिने पहिलो पालिका भएको उपमहानगरको दावी पनि छ ।  

साउन महिना देखी १ हजार स्वायर फिट भन्दा साना घरको निःशुल्क नक्सा डिजाईन गरिदिएर राहत दिएको उपमहानगरको भनाई छ । 

१ आर्किटेक इन्जिनियर, ४ सिभिल इन्जिनियर, २ सब इन्जिनियर,४ असिस्टेन्ट सब इन्जिनियर र १ अमिन सहितको प्राविधिक टोलीले नगरबासीलाई घरको नक्सा निःशुल्क डिजानईन गरिदिन्छन् । 

१५ सय स्वायर फिट भन्दा माथीको भने नगरबासीले तोकिएको शुल्क तिर्नुपर्छ । अहिले दैनिक रुपमा ३ देखी ४ जना नक्सा बनाउन बुझ्न आउने गरेको घरनक्सा निर्माण शाखाका प्रमुख आर्टिकेट इन्जिनियर अरुण घिमिरले जानकारी दिए । 

साउन देखी पुस २६ गते सम्मको तथ्यांक अनुसार २१४ जनाले घरनक्साका लागि निवेदन दर्ता गराएका छन् । जसमा १८० घरधनीले नयाँ घर बनाउन निवेदन दिएका हुन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]