• चैत १६, २०७९
  • जुनकिरी खबर

सगरमाथा क्षेत्र भ्रमणमा आएका जापानिज नागरिक बेपत्ता

alt

सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जापानिज नागरिक एक सातादेखि बेपत्ता भएका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका जापानिज पुरुष नागरिक ५४ वर्षका हितोशी इशिबा चैत्र ८ गतेबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार गाइडबिना एक्लै भ्रमणमा आएका इशिबा १२ गते खुम्बु पासाङ्ल्हामु गाउँपालिका ५ नाम्चे चेकपोष्टमा इन्ट्री भएको देखिएको छ । 

सोही रात खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित छुकुम रिसोर्टमा बास बसेका उनी चैत्र १३ गते त्यहाँबाट खुम्बिलापासबाट लोबुचे जान्छु भनी हिंडेको खुल्न आएको छ । उनी सम्पर्कविहीन भएको खबर दुतावास मार्फत प्रहरीमा आएको बताइएको छ ।  अस्थायी प्रहरी चौकी दिङ्बुचेबाट खटिएको प्रहरी र स्थानीयले उनको खोजीलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सम्बन्धित समाचारहरु
यातायातमा बिचौलियाको ...

सवारी चालक अनुमति पत्र लिँदा र नवीकरण गर्न आवश्यक पर्ने स्वास्थ्य जाँचलाई प्रदेश सरकारले व्यवस्थित ग ...

इटहरीका प्रशासकीय अध ...

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र प्रशासन प्रमुख सञ्जिव खड्कालाई कारब ...

कोशी ब्यारेजमा कोशी ...

पौषशुक्ल पूर्णिमा अर्थात् माघ स्नान आजदेखि सुरु भएको छ । पौषशुक्ल पूर्णिमाको दिन आज सप्तरीको भारदह ...

कोशी प्रदेशसभाको हिउ ...

कोशी प्रदेश सरकारको बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्ने निर्णय भएको छ । आ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]