• साउन १४, २०८१
  • जुनकिरी खबर

आगामी तीन दिनसम्म भारी बर्षा

alt

 जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जल सतह बढ्ने पूर्वानुमान गरेको छ।

यस्तै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता रहन आग्रह गरेको छ।

सोमबार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, लमजुङ, र आसपासका जिल्ला भई बहने नदीको जल सतह बढ्ने पूर्वानुमान गरेको छ।

भोजपुर, खोटाङ सोलुखुम्बु, सिन्धुली, धादिङ, काठमाडौं, भक्तपुर, कास्की, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, डोटी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान पनि गरेको छ।

यी जिल्ला आसपास मध्यमदेखि भारी वर्षासमेतको आकलन गरेकाले केन्द्रले बाढीको जोखिम औंल्याएको हो।

सम्बन्धित समाचारहरु
इटहरी रंगशालाबाट सुर ...

जेनजी आन्दोलनका क्रममा आगलागीमा भवन क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा प्रवाह गर्दै ...

तीन दिन सीमानाका बन् ...

सीमावर्ती बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत ...

यातायात कार्यलय बन्द ...

जनजी आन्दोलनका कारण बन्द भएका यातायात व्यवस्था कार्यालयहरुको जरिवाना मिनाहा हुने भएको छ । कोशी प्रदे ...

झुम्का कारागारबाट भा ...

भदौ २४ गते जेनजी आन्दोलनपछि सुनसरीको झुम्का कारागारबाट एकैपटक बाहिरिएका कैदीबन्दीमध्ये धेरैले आत्मसम ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]