• माघ ८, २०८०
  • जुनकिरी खबर

प्रधानमन्त्री प्रचण्डद्धारा बीपी प्रतिष्ठानको विवाद समाधान गर्न निर्देशन

alt

प्रधानमन्त्री पुष्पकमल दाहालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन ठाडो निर्देशन दिएका छन् । तर समस्याको चुरोमा भने प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेर बहादुर देउवा नै छन् ।

प्रधानमन्त्री दाहालले निर्देशन दिएसँगै प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की आजै साँझ धरान आएका छन् । उनले सम्भवतः भोलि नै बैठक बोलाउने बताए । यता प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले २१ दिनभित्र सिनेटको बैठक बोलाएर समस्याको समाधान गर्न भनेका छन् । कायम मुकायम उपकुलपति कार्कीले २६ गतेभित्रै सिनेटको बैठक पनि बोलाउने बताए ।

तर प्रतिष्ठानभित्रको खेल भने रोचक छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गर्ने भन्ने होडबाजी छ । त्यही कारण यहाँको विवाद मिल्न सकेको छैन र ८ दिनदेखि सेवा प्रभावित हुँदै आएको छ ।

कांग्रेस र माओवादी केन्द्रले आफूनिकटमा व्यक्तिलाई उपकुलपतिमा नियुक्ति गर्न खोज्दा प्रतिष्ठानको सेवा ठप्प भएको हो । धरान उपमहानगरपालिकाका प्रमुखले उपकुलपतिको कार्यकक्षमा लगाएको ताला उच्च अदालत विराटनगरको आदेशपछि शुक्रबार खोलिए पनि कर्मचारीको आन्दोलन रोकिएको छैन । दुई पार्टी निकट कर्मचारीले उपकुलपति नियुक्तलाई प्रतिष्ठानको विषय बनाएर छुट्टाछुट्टै आन्दोलन गर्दै आएका छन् । 

कांग्रेसले कायममुकाय उपकुलपतिमा डाक्टर प्रह्लाद कार्कीलाई नै उपकुलपति बनाउन खोजेको छ । कार्कीलाई कांग्रेस सभापति शेरबहादुर देउवा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको साथ छ । उता माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूनिकट डाक्टर गुरु खनाललाई उपकुलपति बनाउन चाहेका छन् ।

माओवादी केन्द्रलाई विपक्षी एमाले निकट चिकित्सक सञ्जीव शर्मा र डाक्टर विक्रम श्रेष्ठको साथ छ । बीपीमा अहिले माओवादी केन्द्र निकटको नेपाल प्रगतिशील चिकित्सक संघका अध्यक्ष मधुर बस्नेतको नेतृत्वमा आन्दोलन भइरहेको हो । 

स्रोतका अनुसार कार्की आफू उपकुलपति नबने प्रतिष्ठानमै कार्यरत आफ्नी श्रीमती संगीता भण्डारीलाई बनाउने लबिइङमा लाग्दा पनि समस्या बल्झिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]