• वैशाख २२, २०८३
  • जुनकिरी खबर

इटहरीका निजी विद्यालयमा शुल्क वृद्धिको मनपरी, अभिभावक मारमा; उपमहानगर मौन

alt

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपमा शुल्क वृद्धि गरेको भन्दै अभिभावकहरू असन्तुष्ट बनेका छन्।

अधिकांश निजी विद्यालयले मासिक शुल्कमा १५ प्रतिशतसम्म वृद्धि गरेको सूचना अभिभावकलाई पठाएका छन्। मासिक शुल्कसँगै भर्ना, परीक्षा, यातायात, विशेष तालिम, अतिरिक्त कक्षा, वार्षिक कार्यक्रम, कम्प्युटर, प्रयोगशाला र पोसाकलगायत विभिन्न शीर्षकमा छुट्टाछुट्टै शुल्क असुलिँदै आएको गुनासो अभिभावकहरूले गरेका छन्।

कतिपय विद्यालयले पुस्तक, पोसाक र स्टेशनरीसमेत आफ्नै स्रोतबाट खरिद गर्न दबाब दिने गरेको अभिभावकहरूको आरोप छ। उनीहरूका अनुसार निजी विद्यालयले शिक्षा सेवालाई व्यापारका रूपमा सञ्चालन गर्न थालेका छन्।

अभिभावकहरूको चर्को असन्तुष्टि र निरन्तर गुनासोका बाबजुद इटहरी उपमहानगरपालिका भने प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप लागेको छ। माध्यमिक तहसम्मको शिक्षाको नियमन गर्ने अधिकार स्थानीय तहलाई भए पनि प्रभावकारी अनुगमन नहुँदा विद्यालय प्रशासन थप हौसिएको अभिभावकहरूको भनाइ छ।

इटहरी उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत द्रोण दाहालले निजी विद्यालयले दुई तिहाइ अभिभावकको हस्ताक्षरसहित प्रतिवेदन बुझाए पनि आफूखुसी शुल्क वृद्धि गर्न नपाउने बताए। नगरप्रमुख बिदामा रहेका कारण शिक्षा समितिको बैठक बसेर शुल्क वृद्धिलगायतका विषयमा निर्णय गर्न ढिलाइ भएको उनले स्वीकार गरे।

दाहालले भने, “निजी विद्यालयले मनोमानी शुल्क वृद्धि गरेको गुनासो बढेको छ। मेयरसाप बिदामा हुनुहुन्थ्यो, आएपछि बैठक बसेर यसबारे थप निर्णय हुन्छ।”

अभिभावकहरूले पटक–पटक गुनासो गरे पनि उपमहानगरपालिकाले अहिलेसम्म सार्वजनिक रूपमा कुनै ठोस निर्णय नगरेपछि स्थानीय सरकार निजी विद्यालय सञ्चालकसँग निकट सम्बन्धका कारण कडा निर्णय लिन नचाहेको आरोपसमेत उठ्न थालेको छ।

निजी विद्यालयलाई पूर्ण स्वतन्त्र बजारजस्तो छाडिँदा शिक्षा सेवा होइन, व्यापारमा रूपान्तरण हुने खतरा बढेको अभिभावकहरूको गुनासो छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]