• असार ५, २०८३
  • जुनकिरी खबर

इटहरीमा महिला फुटबल प्रतियोगिता, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार

alt

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। महिला फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित इटहरी फुटबल क्लबले प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ।

असार २० गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरका ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका खेलहरू हरेक दिन दिउँसो ४:३० बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपैयाँ हात पार्नेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने व्यवस्था गरिएको छ।

कोशी प्रदेश फुटबल संघको सहयोग तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आयोजना हुन लागेको प्रतियोगिताले महिला फुटबलप्रति बढ्दो आकर्षणलाई थप ऊर्जा प्रदान गर्ने विश्वास आयोजकको छ। स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर सिर्जना गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको बताइएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]