• जेठ २८, २०८३
  • जुनकिरी खबर

मधेसमा तस्करविरुद्ध विशेष अपरेसन जारी, करिब ९० लाख रुपैयाँ बराबरको फर्सीको बिउ बरामद

alt

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बौधीमाई नगरपालिका–७, बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट लुकाइछिपाई भारततर्फ पठाउन लागिएको फर्सीको बिउ बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त स्थानमा खानतलासी गर्दा त्रिपालले छोपेर राखिएको ३२२ बोरा फर्सीको बिउ फेला पारेको थियो। बरामद बिउको तौल १२ हजार ८८० किलोग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रति बोरा २८ हजार रुपैयाँका दरले मूल्यांकन गर्दा बरामद फर्सीको बिउको कुल मूल्य ९० लाख १६ हजार रुपैयाँ पुगेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यसैबीच, बरामद सामग्री नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले अवरोध गर्दा स्थिति तनावग्रस्त बनेको थियो। अवरोध हटाउने क्रममा प्रहरीतर्फबाट ६ राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनाका क्रममा झडप हुँदा तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी जम्मा ६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो समय सीमा तस्करी नियन्त्रण गर्न मधेसका ८ जिल्लामा विशेष अपरेशन सञ्चालन भइरहेको छ। सोही अभियानअन्तर्गत यो सफलता हात परेको जनाइएको छ। प्रहरी स्रोतका अनुसार मधेस प्रदेश डिआईजी गोविन्द थपलियाको निर्देशनमा यो कारबाही अघि बढाइएको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]