• साउन १२, २०८३
  • जुनकिरी खबर

डिजिटल दुर्व्यवहार रोक्न राधिका दासीको माग

alt

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष्ठा, धार्मिक पहिचान र सामाजिक छविमा गम्भीर क्षति पुगेको दाबी गर्दै स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेकी छन्।

प्रेस वक्तव्य सार्वजनिक गर्दै दासीले आफू कुनै व्यक्तिविरुद्ध प्रतिशोध लिन नभई सत्यको स्थापना र कानुनी प्रक्रियामार्फत न्याय प्राप्त गर्न आवाज उठाएको बताइन्। उनले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, धर्मको अभ्यास गर्ने र आफ्नो प्रतिष्ठाको संरक्षण गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आफूले कानुनी बाटो रोजेको स्पष्ट पारिन्।

उनले न्यायपालिकाप्रति पूर्ण सम्मान व्यक्त गर्दै कानून निष्पक्ष रूपमा लागू भए सत्य एक दिन स्थापित हुने विश्वास व्यक्त गरिन्।

दासीका अनुसार न्यायको खोजीका क्रममा उनले सम्बन्धित सरकारी निकाय र गृहमन्त्रीसँग भेट गर्ने प्रयास गरे पनि लामो समयसम्म अवसर प्राप्त नभएको गुनासो गरिन्। एक पीडित नागरिकका रूपमा आफ्नो कुरा सुनिनुपर्ने अपेक्षा रहेको उनको भनाइ थियो।

उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताउँदै त्यसको नाममा कसैको प्रतिष्ठामा आँच पुर्‍याउने, अपुष्ट सामग्री फैलाउने वा घृणा फैलाउने कार्यलाई स्वीकार गर्न नसकिने धारणा राखिन्।

प्रेस वक्तव्यमा दासीले साइबर माध्यमबाट हुने मानहानि, चरित्रहत्या तथा डिजिटल दुर्व्यवहार रोक्न प्रभावकारी कार्ययोजना लागू गर्न राज्यसँग आग्रह गरिन्। साथै धार्मिक आस्था र व्यक्तिगत प्रतिष्ठामाथि लक्षित सामग्रीप्रति सम्बन्धित निकाय संवेदनशील र कानुनी रूपमा जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

राधिका दासीका मुख्य माग

घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धान।

अनुसन्धान प्रक्रियामा कुनै अनुचित प्रभाव वा हस्तक्षेप भए/नभएको छानबिन।

कानूनबमोजिम दोषी देखिएकामाथि समान कानुनी कारबाही।

पीडितको सम्मान, गोपनीयता र संवैधानिक अधिकारको संरक्षण।

साइबर मानहानि र डिजिटल दुर्व्यवहार रोक्न प्रभावकारी कार्ययोजना।

धार्मिक आस्था र व्यक्तिगत प्रतिष्ठाको कानुनी संरक्षण।

महिला तथा धार्मिक–सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सुरक्षाको सुनिश्चितता।

कानूनको शासन, समानता र निष्पक्षताको व्यवहारिक कार्यान्वयन।

प्रेस वक्तव्यको अन्त्यमा दासीले आफ्नो संघर्ष शान्तिपूर्ण र कानुनी प्रक्रियामार्फत निरन्तर जारी रहने बताउँदै सबैलाई तथ्य र कानूनका आधारमा विषयलाई हेर्न तथा सामाजिक सञ्जालमा जिम्मेवार अभिव्यक्ति प्रयोग गर्न आग्रह गरेकी छन्।

सम्बन्धित समाचारहरु
विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]