• माघ ११, २०८०
  • जुनकिरी खबर

धरानस्थित बीपी प्रतिष्ठानको विवाद अझै लम्बिने

alt

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठक बिचैमा अवरुद्ध भएपछि विवाद अझै लम्बिने भएको छ । विवाद समाधानका लागि हिजो मङ्गलवार बसेको कार्यकारिणी समितिको बैठक समेत अनिर्णीत बनेपछि आज बुधवार पुन छलफलको तयारी गरिएको थियो ।
 
सोबारदेखी जारी बैठक हिजो साँझ चलिरहेको अवस्थामा कायममुकायम उपकुलपति डा. प्रह्लाद कार्की उठेर हिनेपछी प्रतिष्ठानका अन्य पदाधिकारीले आज पनि बैठक बस्ने बताए पनि कार्की नआएपछि बस्न नसकेको हो । आन्दोलनरत शिक्षक तथा कर्मचारीको रोकिएको अन्तर्वार्ता सञ्चालन पहिले कि सिनेटको बैठक पहिले भन्नेमा विवाद भएपछि कार्की उठेर हिनेका थिए ।
 
मङ्गलवार बसेको बैठकले सहकुलपति एवं स्वास्थ्य मन्त्रीबाट तय भए अनुसार सर्वसम्मतता सिनेट बैठकको मिति माघ २९ गते गर्ने निर्णय भए पनि बैठकले त्यसअघि कर्मचारीहरूको बढुवाको अन्तर्वार्ता २१ गते सुचारु गर्नेमा कार्कीले असहमति जनाउँदै बाहिरिएपछि झनै सङ्कट गहिरिएको शिक्षक कल्याण समाजका अध्यक्ष सेराज खानले बताए ।
 
कायममुकायम उपकुलपति कार्कीलाई बैठकमा आउन आफूले लिखितरुपमा नै आग्रह गरेर पत्राचार गरेको पनि कार्की नआएपछि बैठक बस्न नसकेको रजिस्टार सूर्यप्रसाद सङ्ग्रौलाले जानकारी दिए ।
 
सिनेटको मितिबारे निर्णय भएपछि चिकित्सक र कर्मचारीको अन्तर्वार्ताबारे उपकुलपतिले सिनेट बैठक बसी सकेपश्चात् प्रमाणित गरेर केही दिन पछि गराउने मनसाय प्रकट गरेका थिए । तर आन्दोलनरत पक्षलाई बोलाएर कुरा गर्दा सहमत नभएको रजिस्ट्रार सङ्ग्रौलाले बताए ।
यसले गर्दा शिक्षक, कर्मचारीहरूको भद्र अवज्ञा आन्दोलन जारी रहँदा बहिरङ्ग सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका भने सङ्कट झनै गहिरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]