• चैत २५, २०८२
  • जुनकिरी खबर

इटहरी गोल्डकपको १६औं संस्करण चैत ३० देखि

alt

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी चैत ३० देखि वैशाख ७ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो। प्रतियोगितामा दुई विदेशी टोलीसहित नेपालका गरी ८ टोलीको सहभागिता रहनेछ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ।

त्यसैगरी विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ र ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कार दिइने संयोजक अनुरोध थापाले जानकारी दिए।

क्लबका अध्यक्ष केशव कार्कीका अनुसार प्रतियोगिताको कुल अनुमानित खर्च ८८ लाख ५० हजार रुपैयाँ रहेको छ। इटहरी उपमहानगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेको छ भने स्थानीय दाताहरू र टिकट बिक्रीबाट करिब २५ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजक रेडबुल रहेको छ।

प्रतियोगिताको उद्घाटन खेल चैत ३० गते नाइजेरियाको जस्ट जोन एफसी र युवा समाज सुन्दरहरैँचा बीच हुनेछ। वैशाख १ गते मच्छिन्द्र एफसी, काठमाडौं र झापा–११ एफसीबीच प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ भने वैशाख ३ गते प्लानिङ ब्वाइज एफसी, काठमाडौं र भारतको युनाइटेड कुर्सेओङ एफसीबीच प्रतिस्पर्धा हुने तालिका सार्वजनिक गरिएको छ।

पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल खेलाइनेछ भने प्रतियोगिताको फाइनल वैशाख ७ गते हुनेछ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]