• मंसिर २४, २०७६
  • जुनकिरी खबर

प्रदेश १ का कारागारकामा आधाभन्दा बढी बलात्कार र लागूऔषधका कैदी र थुनुवा

alt

प्रदेशका सबै जिल्ला कारागारका कैदी र थुनुवामध्ये आधाभन्दा बढी बलात्कार र लागूऔषध कारोबारसँग सम्बद्ध रहेको पाइएको छ । ५ हजार १ सय ४८ मध्ये २ हजार ७ सय ७४ जना ( ५३.८८ प्रतिशत) यी अपराधका हुन् । तीमध्ये झन्डै ९० प्रतिशत ४० वर्षभन्दा मुनि उमेर समूहका भएकाले चिन्ताको विषय भएको प्रदेशका प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताए ।

प्रदेशका चौधै जिल्लाका प्रहरी कार्यालयले वर्ष ०७३/७४ मा बलात्कारका ३ सय ६, बलात्कार प्रयासका १ सय १५ र लागूऔषधका ५ सय ३७ मुद्दा दर्ता गरे । तीनैवटा अपराधमा ०७३/७४ मा ३३ महिलासहित १ हजार २ सय २९ जनालाई पक्राउ गरिए पनि २८ महिलासहित १ सय ६० जना फरार रहे ।

प्रदेशभरका प्रहरी कार्यालयले ०७४/७५ मा बलात्कारका ३ सय ८६, बलात्कार प्रयासका १ सय ९६ र लागूऔषधका ७ सय ३० मुद्दा दर्ता गरेको तथ्यांक छ । यी अपराधहरूमा २०७४/७५ मा ३६ महिलासहित १ हजार ३ सय ७७ पक्राउ परे भने १ महिलासहित १ सय १९ जना फरार रहे ।

यसैगरी, ०७५/७६ मा बलात्कारका ५ सय ४७, बलात्कार कोसिसका २ सय ३५ र लागूऔषधका ५ सय ८१ मुद्दा दर्ता भए । तिनमा ४३ महिलासहित १ हजार ५ सय २२ पक्राउ परे भने २ महिलासहित १ सय ९२ फरार रहे । ०७६/७७ को कात्तिकसम्म प्रदेशमा बलात्कारका १ सय ४३, बलात्कार प्रयासका ६७ र लागूऔषधका ३ सय ३३ मुद्दा प्रहरीले दर्ता गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]