• जेठ १, २०७६
  • जुनकिरी खबर

पाँचथरमा खाजा खाँदा आठ बिरामी, दुई सिकिस्त

alt

पाँचथर / जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा खाजा खाँदा आठ जना बिरामी परेका छन् । वैशाख ३० गते स्थानीय जस्मिता फियाकको घरमा सञ्चालन भइरहेको तीन महिने ढाका बुनाई तालिममा सहभागी महिलाहरुले खाजा खाएका थिए । खाजा खाएपछि उनीहरु बिरामी परेको बताइएको छ ।

बिरामी पर्नेमा सोही स्थानकी १७ वर्षिकी रेनुका दास, १९ वर्षिकी बिष्णु विक र सोना लिम्बू, ९ वर्षकी मुना लिम्बू, २३ वर्षिकी मनकुमारी फियाक, २२ वर्षिकी लक्ष्मी लिम्बू, १८ वर्षकी मनिषा लिम्बू र बाँकि एक जना रहेका छन् । उनीहरुमध्ये लक्ष्मी र मनिषा सिकिस्त अवस्थामा रहेका छन् । उनीहरुको जिल्लास्थित समर्पित अस्पतालमा उपचार भइरहेको छ । बाँकि सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गैर सरकारी संस्था मिलन केन्द्र नेपालले आयोजना गरेको तालिममा सहभागि १५ जनामध्ये खाजा खाने आठ जना बिरामी परेका हुन् । बिरामी परेपछि उनीहरुले खाएको खाजामा प्रयोग गरिएको नुनमा हेर्दा सिसाका कण जस्तो वस्तु मिसाइएको भेटिएको मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिं नेम्बाङले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]