• वैशाख २९, २०७७
  • जुनकिरी खबर

खानेकुराबाट कोरोना सर्न सक्छ : डब्लुएचओ

alt

एजेन्सी । कोभिड–१९ को महामारीमा थुप्रै कुराहरु परिवर्तन भइरहेका छन् । कामकाज, सर–सफाईदेखि खानपिनको तौरतरिका सबै परिवर्तन भएको छ ।

अहिले मानिसहरुको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खान–पिन र स्वच्छताको मुद्दा अचानक निकै माथि पुगेको छ । पहिले मानिसहरुको प्राथमिकतामा सर–सफाई पर्दैनथ्यो भन्ने हैन । तर, खानपिन र स्वच्छता हाम्रो जीवनको त्यो कुरा थियो, जसमा आफूलाई मनपर्ने नपर्ने कुरालाई धेरै प्राथमिकता दिइन्थ्यो ।

आजकाल मानिसहरु कोभिड–१९, खानेकुराबाट पनि फैलने हो कि भन्ने विषयमा चिन्तित छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरक्षित खानपिनको विषयमा पाँच महत्वपूर्ण टिप्स दिएको छ ।

# सधैं सफा रहनुहोस्ः
– खाना बनाउनु अघि र खाना बनाउने बेला हात धोइरहनुहोस्

– प्रत्येक पटक शौचालय गएपछि हात धुनुहोस्

– खाना बनाउने स्थान, चुल्हो र भाँडाकुँडा राम्रोसँग धुनुहोस् र त्यसलाई स्यानिटाइज गर्नुहोस्

– भान्साघरलाई किरा फट्याङ्ग्रा र अन्य जनावरको पहुँचबाट सुरक्षित राख्नुहोस् ।

यो किन आवश्यक ?
– धेरैजसो सुक्ष्म जीवले खासै रोग फैलाउँदैनन् तर माटो, पानी, जनावर र मानिसमा व्यापक रुपमा खतरनाक जीव पाइन्छ ।

– यी सूक्ष्म जीव हाम्रो हात, सर–सफाई गर्ने कपडा, भाँडाकुँडा, कटिङ बोर्ड (तरकारी काट्न प्रयोग हुने बोर्ड) मा पाइन्छ ।

– यदि खानपिनका चीजमा यसको अलिकति पनि सम्पर्क भए यसले रोग लाग्ने खतरा निम्त्याउँछ ।

# काँचो खानालाई पाकेको खानाबाट टाढा राख्नुहोस्

– पोल्ट्री उत्पादन, काँचो मासु, सीफूड (समुद्रमा पाइने जीव–जन्तुको माछा) लाई खानपिनका अन्य वस्तुबाट अलग राख्नुहोस् ।

– काँचो खानेकुरा समात्ने बेला भिन्न भाँडा, चक्कु र कटिङ बोर्डको प्रयोग गर्नुहोस्

– पाकेको खाना र काँचो खानाबीच कुनै पनि प्रकारको सम्पर्क नहोस् भनेर खानपिनका वस्तुलाई कन्टेनरमा राख्नुहोस्

यो किन आवश्यक ?
– काँचो खाना विशेषगरी मासु, पोल्ट्री उत्पादन र सीफूडमा यस्ता खतरनाक सूक्ष्म जीव हुनसक्छन् जुन पकाउने क्रममा खानपिनका अन्य वस्तुलाई संक्रमित गर्न सक्छन् ।

# खानालाई राम्रोसँग पकाउनुहोस्
– विशेषगरी काँचो मासु, पोल्ट्री उत्पादन, अण्डा र सीफूडलाई राम्रोसँग पकाएर खानुहोस्

– पाकेको खानालाई राम्रोसँग पुनः तताएर खानुहोस्

यो किन आवश्यक ?
– यदि खाना राम्रोसँग पकाउने हो भने सूक्ष्मजीव पूर्ण रुपमा नष्ट हुन्छन् ।

– अनुसन्धानका अनुसार ७० डिग्री सेल्सियस तापक्रममा खाना पकाउँदा खाना खान लायक हुन्छ ।

– किमा पकाउँदा विशेष ध्यान दिन आवश्यक छ ।

# सुरक्षित तापक्रममा खानालाई सुरक्षित राख्नुहोस्

– पाकेको खानालाई कोठाको तापक्रममा दुई घण्टाभन्दा बढी समयका लागि नराख्नुहोस्

– तयार खाना विशेषगरी चाँडै बिग्रने खानालाई पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।

– खाना पस्कनुअघि त्यसलाई ठूलो आँच (६० डिग्री सेल्सियस तापक्रमभन्दा बढि) मा तताउनुहोस्

– फ्रिजमा पनि खानालाई धेरै समयका लागि नराख्नुहोस्

–फ्रोजन फूड अर्थात् जमेका खानेकुरालाई कोठाको तापक्रममा पग्लन नछोड्नुहोस्

यो किन आवश्यक ?
– पाकेको खानालाई कोठाको सामान्य तापक्रममा राख्दा सूक्ष्मजीव तीब्र रुपमा विकसित हुनसक्छ ।

– पाँच डिग्रीभन्दा कम र ६० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास या त रोकिन्छ या सुस्त हुन्छ ।

– यद्यपि, केही यस्ता खतरनाक सूक्ष्मजीव पनि हुन्छन् जुन पाँच डिग्रीभन्दा कम तापक्रममा पनि विकसित भइरहन्छन् ।

# सफा पानी र स्वच्छ भोजन सामग्री
– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यदि यो उपलब्ध छैन भने यसलाई सुरक्षित प्रयोगका लागि लायक बनाउनुहोस्

– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस्

– यस्तो भोजनको छनोट गर्नुहोस् जसलाई सुरक्षित प्रोसेसिङ गरिएको होस् जस्तै पाश्चुराइज्ड दुध

– फल र सागसब्जीलाई पक्कै पनि धुनुहोस् विशेषगरी जब तपाईं त्यसलाई काँचै खाइरहनुभएको छ ।

– मिति नाघिसकेका खानपिनका वस्तुलाई कहिले पनि प्रयोग गर्नुहोस्

यो किन आवश्यक ?
– पानी र बरफलगायतका वस्तुमा सूक्ष्म जीव वा केही नोक्सानी पुर्याउने तत्व हुनसक्छन् । बिग्रिएको र बासी खानामा विषालु रसायन पैदा हुने खतरा रहन्छ ।

– खाद्य सामग्री छनोट गर्नेबेला सावधानी अपनाउन आवश्यक छ । त्यस्ता वस्तुलाई धुने, ताछ्नेजस्ता सामान्य उपायमार्फत् खतरा कम गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]