• वैशाख ३१, २०७७
  • जुनकिरी खबर

सुनसरी झुम्काकी महिलामा देखियो कोरोना

alt

भक्तपुरमा मंगलबार देखिएका दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये २५ वर्षीया महिला सुनसरीबाट मोटरसाइकलमा आएको खुलेको छ । वैशाख २९ गते मोटरसाइकलमा आएकी महिला ‘हेल्थ केयर स्टाफ’ भएको खुलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

ती महिलालाई मंगलबार नै टेकु अस्पताल भर्ना गरिएको जनाएको छ । संक्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाकामा साथीसँग बसेको र साथीलाई समेत निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ । संक्रमित महिलाको बसोबास मध्यपुर थिमि नगर भनिए पनि यकिन ठेगाना भने खुलाइएको छैन ।

त्यस्तै, भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष चाागुनारायण दुवाकोटको रहेको खुलेको छ । तर, उनमा कसरी संक्रमण भयो भन्ने प्रस्ट नभएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । दुवै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको र थप विवरण आउन बााकी रहेको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]