• वैशाख ३१, २०७७
  • जुनकिरी खबर

इटहरीमा नेविसंघको प्रर्दशन : ओली र मोदीको पुत्ला दहन

alt

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सुनसरीले इटहरीमा प्रर्दशन गरेको छ । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन ।

ओली सरकार भारत प्रति लम्पसार परेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए । नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले राष्ट्रियताका लागि आफुहरु दैनिक सडकमा आन्दोलन गर्न तयार रहेको बताए ।

नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिँदै आएको छ । भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघका सुनसरी सभापति भट्टराईले बताए । केन्द्रिय निर्देशन अनुसार आन्दोलनको कार्यक्रम भईरहेको उनको भनाई थियो ।

नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै इटहरी लगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रर्दशन गर्दै आएको छ । विरोध कार्यक्रममा नेविसंघ सुनसरीका उपसभापतिहरु विक्रम घिमिरे,सुवेक्छु देवान,बुद्धहाङ लिम्बु लगायतको सहभागीतामा पुत्ला दहन भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]