• जेठ ४, २०७७
  • जुनकिरी खबर

इटहरीका सार्वजनिक स्थानमा हात धुने मेसिन जडान

alt

नोबेल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछी लकडाउनका बेला पनि दैनिक उपभोग्य वस्तुहरुको किनमेल गर्न अधिक भिडभाड हुने स्थान मध्येको एक इटहरी आइतबारे स्थित सब्जी मण्डिमा नेपाली काँग्रेस इटहरीले खुट्टाले हात धुने मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।

नेपाली काँग्रेस इटहरीले कोभिड १९ को संभावित संक्रमणको जोखिमबाट बच्न पुर्व सावधानी अपनाउदै साबुन पानीले हात धुन उपभोक्तालाई सहज होस भनी इटहरीका केही इन्जिनियरहरुबाट डिजाईन गरि निर्माण गरेको फुट अपरेटेड हेण्ड वास मेसिन खरिद गरि सञ्चालनमा ल्याईएको जनाएको छ ।

हात धुने मेसिन सञ्चालनमा ल्याउदै इटहरी काँग्रेसका सभापति हेमकर्ण पौडेलले सिङ्गो विश्व विपत्तिमा रहेका बेला कोभिड १९ बिरुद्धको लडाइ राज्यले एक्लैले लड्न नसक्ने जनाउदै मुलुकको एउटा जिम्मेवार राजनीतिक शक्तिको हैसियतले विपत्तिमा कोभिड १९ बिरुद्धको लडाईमा आफुहरु पनि लागिपरेको प्रतिक्रिया दिए ।

सभापति पौडेलले कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि आफू र आफ्नो दल नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकालाई जस्तो सुकै सहयोग गर्न प्रतिबद्ध रहेको दोहोर्‍याएका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]