• असार २५, २०७६
  • जुनकिरी खबर

धरानमा डिजेलबाट चल्ने शवदाह गृह तयार

alt

व्यवस्थित रुपमा शव दाहसंस्कार स्थलको अभाव रहेको धरानमा झिगु समाजले पहिलोपटक डिजेलबाट संचालन हुने आधुनिक शवदाहस्थल निर्माण गरेको छ ।

साउन पहिलो सातादेखि प्रयोगमा ल्याउन लागिएको डिजेल प्लाण्टको शव दाहसंस्कार स्थल धरान ३ सेउती किनारस्थित खत्रीधारामा निर्माण गरिएको छ।

‘विद्युतीय शव दाहसंस्कार गृह निकै महंगो र खर्चिलो प्रविधि भएकाले विकल्पमा डिजेलबाट संचालन हुने शव दाहसंस्कार स्थल निर्माण गरिएको हो,’ निर्माण समितिका अध्यक्ष मोहनकाजी शाक्यले भने, ‘०६६ सालमा धरान उपमहानगरपालिकाले सेउती किनारको खत्रीधारामा १० कट्टा जमिन उपलव्ध गराएपछि झिगु समाजले व्यवस्थित दाहसंस्कार स्थल निर्माण सुरु गरेको थियो।’

सो शवदाह गृहमा बढीमा आधा घण्टामै शव खरानी बन्ने गरी डिजाइन गरिएको छ। त्यसको कुल लागत १० लाख रुपैयाँमात्र भएपनि अन्य सबै भौतिक पूर्वाधार तयार गर्न १ करोड ६० लाख रुपैयाँ लागेको शाक्यले बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]