• जेठ ५, २०७७
  • जुनकिरी खबर

धरानको बीपी प्रतिष्ठानको प्रसूति वार्ड पनि 'सिल '

alt

थप उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना भएकी सुत्केरीको उपचारमा धनकुटाकी कोरोना संक्रमित स्टार्फ नर्स  संलग्न भएको पाइएपछि बीपी प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको छ।

जिल्ला अस्पताल धनकुटामा सुत्केरी महिलाको उपचारमा रहेकी नर्समा कोरोना संक्रमण भेटिपछि प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको हो । संक्रमित नर्सले उपचार गरेर निको भएपछि ती महिलामा थप स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि प्रतिष्ठान रेफर गरिएको थियो। सबैको सुरक्षाका लागि प्रसूति वार्ड सिल गरिएको उपकुलपती डा. ज्ञानेन्द्र गिरीले बताएका छन् । 

जिल्ला अस्पताल धनकुटाबाट ती महिलालाई थप उपचारका लागि गत शुक्रबार प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा भर्ना भएका गर्भवती महिला र सुत्केरी महिलाको सुरक्षाका लागि प्रतिष्ठानले उचित व्यवस्थापन गरिसकेको सहायक प्रवक्ता डा .अशोक ऐरले जानकारी दिए।

प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएका सबैको कोरोना भाइरसको संक्रमण परीक्षण गरेपछि मात्र घर पठाइने उनको भनाइ छ ।  धनकुटाबाट थप उपचारका लागि प्रतिष्ठान भर्ना भएकी सुत्केरी महिलालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । ती महिलाको रिपोर्ट आएपछि मात्र नयाँ बिरामी भर्ना गर्ने वा नगर्ने भन्ने विषयमा प्रतिष्ठानले निर्णय लिने बताइएको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]