• जेठ ६, २०७७
  • जुनकिरी खबर

काेराेन भाइरस : मर्नेकाे भन्दा निकाे हुनेकाे संख्या ६ गुणा बढी

alt

महामारीको रुप लिएको कोरोनाभाइरस (काेभिड-१९) संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा झण्डै ६ गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार १२५ पुगेकाे छ । संक्रमित हुनेकाे संख्या भने ४८ लाख ९० हजार ६६४ पुगेकाे छ ।

कुल सङ्क्रमितमध्ये १९ लाख ७ हजार १२५ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ५.९५ गुणा बढी हाे ।  याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये ३९ प्रतिशत निकाे भएकाे छ भने ६.५४ प्रतिशत मृत्यु भएकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९१ हजार ९८१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ५० हजार पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ५६ हजार भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ८६८ अवस्था गम्भीर रहेको छ ।

पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा २ लाख ९० हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ७२२ पुगेकाे छ । संक्रमितमध्ये ७० हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख १७ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ७८ हजार पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ७०९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ९६ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५३ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार १५२ काे अवस्था भने गम्भीर रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]