• जेठ ६, २०७७
  • जुनकिरी खबर

सुनसरीका २० पत्रकारले गरे कोरोना परीक्षण

alt

फ्रन्ट लाइनमा रहेर समाजका लागि काम गर्नेहरूमाथि धमाधम कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि मङ्गलवार सुनसरीका पत्रकारहरूको पिसिआर विधिबाट कोरेनाको परीक्षणका लागि थ्रोट स्वाब लिइएको छ ।

इटहरीको जनता माविमा भएको परीक्षामा पहिलो चरणमा अग्रभागमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्ने सुनसरीको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब सङ्कलन गरिएको छ । नेपालमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु कोरोनाको जोखिममा पर्न थालेपछि सुनसरीका पत्रकारहरूको स्वाब सङ्कलन गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र इटहरी अस्पतालले स्वाब संंकलन गरेको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले बताए । सुनसरी कार्यक्षेत्र बनाएर मोफसल तथा राष्ट्रिय स्तरसम्मका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीहरु सुरक्षित रहेर काम गर्न सकुन् भन्ने उद्देश्यले नै महासङ्घको समन्वयमा पहिलो चरणमा २० जनाको स्वाब सङ्कलन गरिएको नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले बताए ।

नेपालमा आजसम्म ५ जना सञ्चारकर्मीलाई कोरोना भएको पुष्टि भइसकेको छ । यस क्रममा सुनसरीमा समेत तीन जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि यसरी स्वाब सङ्कलन गरिएको हो ।
पहिलो चरणमा २० जनालाई गरिएको भए पनि यसलाई निरन्तरता दिने महासङ्घले जनाएको छ । महासङ्घले अहिलेको विषम परिस्थितिमा जिल्लामा रहेका सञ्चारकर्मीलाई जोखिम न्यूनीकरण गर्दै समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]