• जेठ ६, २०७७
  • जुनकिरी खबर

सुनसरीमा दुई जना कोरोना संक्रमणको पुष्टि भएपछि इटहरी सिल

alt

बीपी कोइराला स्वास्थ्य विज्ञानमा गरिएको कोरोना परीक्षणमा इटहरी सुनसरीका एक जना  र अर्का एक सुरक्षाकर्मीमा पनी कोरोना पोजेटिभ रिपोर्ट आएको छ । ती युवा इटहरी २ नम्बर वडाका स्थानीय बासी हुन । 

तिष्ठानको ल्याबमा गरिएको स्वाब परीक्षणमा ती युवाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठान स्रोतले जनाएको छ । ती युवा इटहरीका १८ बर्षीय हुन् । उनी आफ्नो बुवासँगै आइसोलेसन वार्डमा छन् । ज्वरो आएपछि ती युवा हिजो इटहरीबाट वीपी प्रतिष्ठानको हेल्प डेस्कमा आएका थिए । उनलाई हेल्प डेस्कबाट आइसोलेसन वार्डमा पठाइएको थियो । उनी आफ्नो बुबासँगै आएका थिए ।

प्रतिष्ठान स्रोतका अनुसार उनी वीपीमा आउनुअघि इटहरीकै एक क्लिनिकमा पनि पुगेको खुलेको छ । त्यहाँबाट नै उनलाई वीपीमा रिफर गरिएको थियो । यस्तै, एक जना सशस्त्र प्रहरी पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ । ती प्रहरी पश्चिम कुसाहमा कार्यरत रहेको बताइएको छ ।

हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेवसाइटमा पनि अद्यावधिक भएको छैन । सुनसरीमा योसँगै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अनुसार सशस्त्र प्रहरी कार्यरत रहेको स्थानसमेत खुलाइएको छैन । हिजाे स्वाब संकलन गरेर बीपी प्रतिष्ठानमा पठाइएकाे थियाे । 

हिजो मात्रै सुनसरी गढी गाउँपालिकाका एक युवालाई कोरोना संक्रमण भएको बीपी प्रतिष्ठानमै पुष्टि भएको थियो । ती युवा ११ दिन पैदल हिँडेर दिल्लीबाट नेपाल आएका थिए ।  वैशाख २९ गते नेपाल प्रवेश गरेका थिए भने तिनीमध्येका एक धरानका युवा पनि थिए । उनलाई नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]