• जेठ ७, २०७७
  • जुनकिरी खबर

इटहरीका कोरोना संक्रमित युवकको परिवार र साथीको पनि परिक्षण गरियो

alt

इटहरी २ का कारोना संक्रमित युवाका आफन्त तथा साथीभाइहरु गरि २२ जनाको कोरोना परिक्षण सुरु भएको छ । हिजो इटहरीमा भेटिएका एक विद्यार्थीका आफन्त,साथीभाई र छरछिमेकी गरी २२ जनाको कोरोना जाँच सुरु भएको हो ।

कोरोना संक्रमित युवा बस्दै आएको घर तथा आफन्तहरुको पिसिआर परिक्षण भईरहेको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताईन । अहिले स्वाब संकलनको काम धमाधम भईरहेको छ । आज २० जनाको स्वाब संकलन हुने उपमेयरको भनाई छ । बाँकी युवाको ट्राभल्स हिष्ट्रीको आधारमा अन्य ब्यक्तिहरुको पनि स्वाब संकलन गरिने छ उपमेयर गौतमले भनिन् ।

स्वाब संकलन गरेर कोशी अञ्चल अस्पताल पठाईने छ । साथै अहिले किट अभाब भएको कारण पनि समस्या भईरहेको उपमेयर गौतम बताउँछिन । युवा गएको ठाउँका स्वास्थ्यकर्मीहरुको पनि स्वाब संकलन गरिने छ । उनी इटहरी मेडिकल र अन्य केहि स्थानीय मेडिकल समेत गएका थिए ।

खोटाङ र इटहरी २ दुबै ठाउँ घर भएका ती युवा आर्मी लाग्ने भन्दै विहान मर्निङ वाक जान्थे । नजिकै रहेको मामा घर तथा साथीहरु सँग हिडडुल गर्दै आएका युवामा कोरोना संक्रमणको पुष्टि भए सँगै इटहरीको वडानम्बर २ र ३ लाई शिल गरिएको छ । अरु बेला विहान ७ बजे देखि १० बजे सम्म खुल्ला हुदै आएको अत्यावश्यक पसलहरु समेत पूर्ण रुपमा बन्द छन । अहिले प्रशासनले इटहरी क्षेत्रलाई कडाई गरिरहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]