• जेठ ७, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा पुनः २ जनामा कोरोना संक्रमण, धरानमा पहिलो पटक भेटिए संक्रमित

alt

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ भने वुधवार मात्र ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र धरानका १ जनालाई कोरोना पोजिटिभ देखिएको सामाजिक मन्त्रालय स्रोतले बताएको छ ।

धरानमा देखिएको यो पहिलो केस हो । धनकुटा र धरानमा संक्रमित भेटिनु अघि आज दिउसो झापाको कचनकवलमा ५ जनामा संक्रमणको पुष्टि भएको थियो ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । १ नं. प्रदेशमा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्ककाअनुसार बुधबारसम्म पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

कोरोन संक्रमीतको सख्या बढे संगै प्रदेशका विभिन्न अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ भने विराटनगरस्थित कोभिड उपचार केन्द्रमा संक्रमितहरुको उपचार गरीदै आएको छ ।

विराटनगरस्थित कोभिड उपचार केन्द्रबाट वुधवारसम्म २६ जना कोरोना मुक्त भएर गइसकेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]