• जेठ १०, २०७७
  • जुनकिरी खबर

झापामा कोरोना संक्रमितको संख्या ३६ पुग्यो

alt

झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। झापा गाउँपालिकाका ४ बस्ने ३३ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो। योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ।  यसअघि कचनकवल गाउँपालिका ३३, बाह्रदशी गाउँपालिका एक र दमक नगरपालिकामा एक जनामा कोरोना भाइरसका बिरामी फेला परिसकेका छन्।

त्यसमध्ये बाह्रदशी र दमकका गरी दुई जना सङ्क्रमित निको भई घर फर्किसकेका छन्, भने कचनकवलका ३३ जनामध्ये २३ जनाको धरान र १० जनाको विराटनगर कोरोना अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

झापा गाउँपालिकामा फेला परेका कोरोना सङ्क्रमित भारतको मुम्बईबाट आएका हुन्। रोजगारीका सिलसिलामा भारत गएका ती पुरुष जेठ ७ गते बुधबार स्वदेश फर्किएका हुन्। लुकिछिपी भारतबाट नेपाल छिरेका उनलाई गाउँ प्रवेश गर्न नदिई सोझै क्वारेनटाइनमा लगेर राखिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएका ती पुरुष डिल्लीराज माविको क्वारेनटाइनमा बस्दै आएका थिए। उनीसहित त्यो दिन ३३ जना भारतबाट आएका थिए। उनीहरू सबैको स्वाब सङ्कलन गरी विराटनगर पठाइएको थियो। त्यसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको हो।  भारतीय सीमावर्ती नाकासँग जोडिएको झापामा गाउँपालिकामा पहिलो कोरोना सङ्क्रमित फेला परेको हो। सङ्क्रमित फेला परेसँगै गाउँपालिकाको ४ नम्बर वडामा उच्च सतर्कता अपनाउँदै चार किल्ला सिल गर्ने तयारीमा गाउँपालिका रहेको अध्यक्ष साहले बताए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]