भोलि देखि इटहरी उपमहानगर क्षेत्रका अत्यावश्यक पसलहरु खुल्ने भएका छन । इटहरी वडा नम्वर २ का एक युवामा कोरोना संक्रमित भेटिए सँगै पूर्ण रुपमा बन्द रहेको इटहरीमा अत्याश्यक पसल खोल्न दिईने भएको छ ।
इटहरी २ का १८ बर्षिय युवामा कोरोना संक्रमण पूष्टि भए सँगै पाँच दिन अघि इटहरीको २ र ३ वडा सिल गरिएको थियो । पाँच दिन सम्म बजार पूर्ण रुपमा बन्द हुदा सर्वसाधरणहरुले अत्यावश्यक पसल नखुल्दा ,तरकारी तथा खाद्यन्नको समस्या हुन थालेको भन्दै भोली सोमबार देखि अत्याश्यक खाद्यन्न तथा तरकारी पसलहरु ७ देखि १० बजे सम्म खोल्न पाईने छ ।
इटहरी उपमहानरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमले कोरोना संक्रमितका आफन्त तथा अन्य भेटघाट भएकाहरुको पिसिआर रिेपोर्ट समेत नेगेटिभ आएकोले भोली देखि अत्यावश्यक पसलहरु खोल्ने बताईन । इटहरीका जनप्रतिनिधिहरु र प्रहरी बसेर बैठक गरे पछि भोली देखि बजार खोल्ने बताईन ।
यस अघि विहान ७ बजे देखि १० बजे सम्म अत्यावश्यक पसल खोलिदै आएको र भोलि देखि पनि त्यही समयमा बजार खोल्ने तयारी भईरहेको छ । साथै वडा नम्वर २ र ३ मा लगाएको सिल पनि खोलिएको छ । तर लकडाउनलाई भने कडा बनाईने इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । इटहरी २ र ३ का पनि अत्यावश्यक पसलहरु खुल्ला गरिने भएको हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved