• जेठ १४, २०७७
  • जुनकिरी खबर

प्रदेश नं. १ को बजेट अधिबेशन सुरु, कृषिलाई प्राथमिकता

alt

प्रदेश नम्बर एकको प्रदेशसभामाआगामी बर्षको बजेटको सैदान्तिक पक्षमा छलफल भएको छ । आज (बुधबार) देखि सुरु भएको छैटौँ एवंम बजेट अधिवेशनमा बजेटको सैदान्तिक पक्षमा छलफल गर्दै कृषि उत्पादनमा जोड दिने बताइएको छ ।

बजेटको सिद्धान्त र कार्यक्रम पेस गर्दै अर्थमन्त्री आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्रबहादुर आङबोले कृषि उत्पादनमा केन्द्रित हुने र उत्पादनमा आत्मनिर्भर हुने बजेट ल्याइने बताए ।

विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकता पेस गर्दा आङबोले स्वभाविक रुपमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादनमुखी बजेट ल्याउने तयारि छ ।

मन्त्री आङ्बोले उत्पादकत्वको माध्यमबाट गरिबि निवारण गर्दै शिक्षा र स्वास्थ्यको गुणस्तरमा बृद्धि, सुसाशन बृद्दि किसिमका कार्यक्रम समाबेस गरिने बताए ।

एउटा हालमा सभाको बैठक बस्न नसकेपछि स्क्रिन शेयर गरेर दुइ वटा हलबाट प्रदेश एकको संसद बैठक सँचालन गरिएको थियो । कोरोना रोकथाम तथा पूर्व तयारीकामा प्रदेश सरकार सजक रहेको बताउदै मुख्यमन्त्री शेरधन राईले डेढ महिना भित्र प्रदेश एकका ४० हजार व्यक्तिको कोरोना परिक्षण गर्ने बताए ।

सम्बन्धित समाचारहरु
सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

इटहरी गोल्डकपको उपाध ...

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]