• जेठ १४, २०७७
  • जुनकिरी खबर

इटहरी र सुन्दरहरैचा विचको विवाद समाधान हुदै

alt

इटहरी उपमहानगर र सुन्दरहरैचा नगरपालिका विच वुढिखोलामा संरचना निर्माणका क्रममा देखिएको विवाद समाधानका लागि समिति निर्माण गर्न इटहरी उपमहानगरले प्रस्ताव गरेको छ । विहान सुनसरी र मोरगका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा सुन्दरहरैचा नगरपालिकामा भएको वैठकमा इटहरीका मेयर द्धारिकलाल चौधरीले सडक डिभिजन कार्यालयको नेतृत्वमा,सिचाई कार्यालय,दुवै नगरपालिकाका इन्जिनियरहरु रहेको समिति निर्माण गर्न प्रस्ताव गर्नुभएको हो ।
 
वैठकमा दुवै नगरका प्रमुख उपप्रमुख,सम्वन्धित वडाका वडाध्यक्षहरु,सडक डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर,जलउत्पन्न प्रकोप कार्यालय,सिचाई डिभिजन कार्यालयका इन्जिनियर,दुवै नगरका इन्जिनियरहरु लगायतको सहभागिता रहेको थियो । सो समितिले अध्यन गरेर तयार पारेको प्रतिवेदनका आधारमा अधि वढनु उपयुक्त हुने इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो । इटहरीकी उपमेयर लक्ष्मी गौतमले समेत आफूहरुको वटम लाइन यहि भएको जनाउनुभयो ।
 
कार्यक्रममा सडक डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर पशुपति ज्ञवालीले रामार्गको पूलको पाँचसय मिटर तल माथि उत्खनन गर्न नपाइने प्रष्ट पार्नुभयोे । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको ६७ लाखको लागतमा पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ तटबन्ध निर्माण भइरहेको छ । तटबन्ध निर्माण हुनुपूर्व सो स्थानमा चौपाया पाल्ने गोठ रहेको र त्यहाँ २३ वर्ष अघि गरिएको तटबन्धको पुरानो जाली नै रहेको स्थनीय बताउँछन् ।
 
२३ वर्ष अघि गरिएको सो जालीभन्दा पनि भित्र अर्थात् सुन्दरहरैंचाको क्षेत्रतर्फ तटबन्ध गरिएकाले यो विवाद गर्नुको औचित्य नभएको सुन्दरहरैंचाको वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । सुन्दरहरैचा नगरपालिकाले वुढिखोलाको पूर्वी किनारामा संरचना निर्माण थालेपछि विवाद उत्पन्न भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]