• जेठ १६, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा संक्रमितको संख्या १ सय ५८ पुग्यो

alt

प्रदेश १ मा संक्रमितको संख्या १ सय ५८ पुगेको छ । शुक्रबार झापाका थप २८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा १४ जिल्लामध्ये ८ जिल्लामा संक्रमण देखिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा झापाको केचनाकवलका २७ र भद्रपुरका एकजनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । यसअघि बिहीबार झापा कचनाकवलकै २५ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश १ को सबैभन्दा बढी संक्रमण झापामा देखिएको छ । त्यहा“ शुक्रबार सा“झसम्म संक्रमितको संख्या १ सय ७ पुगेको छ । उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३ र भोजपुर, खोटाङ र सोलुखुम्बुमा एक–एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ३० जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् । उपचारमा ६ महिलनासहित १ सय १ जना रहेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । डिस्चार्ज भएकामा उदयपुरका ३३ मभ्ये २७ जना, झापाका दुईजना र भोजपुरका एकजना छन् ।

झापाको केचनाकवलमै मात्र शुक्रबार थपिएकासहित संक्रमण हुनेको संख्या सय पुगेको छ । उक्त स्थानमा रहेका २५ जनामा बिहीबार संक्रमण पुष्टि भएको थियो । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएपछि उक्त स्थानबाट अढाइ सयभन्दा बढी व्यक्तिको स्वाब नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । अरुको रिपोर्ट आउन बाँकी छ ।

भारतबाट आएका समूहमध्ये सुरुमा एक युवकका संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप व्यक्तिहरुको नमुना संकलन गरी परीक्षणको काम भइरहेको प्रदेश सरकारले जनाएको छ । उक्त स्थानमा देखिएका अधिकांश संक्रमित भारतबाट आएकाहरु छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]