• जेठ १६, २०७७
  • जुनकिरी खबर

प्रेस युनियन सुनसरीले २६० सञ्चारकर्मीको कोरोना बिमा

alt

नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो ।

‘हामीले जिल्लामा सक्रिय रहेका सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौँ ।’ उनका अनुसार फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याईएको उनले बताए ।

उनका अनुसार १५० जना सञ्चारकर्मीको आइएमी जनरल इन्स्युरेन्सले बीमा गरेको र बाँकी ११० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको छ । कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बताए ।

कोरोना बीमा व्यवस्थापन समितिका सदस्यहरु निशान चौधरी, उषाकिरण घिमिरेले लगायतले शुक्रबार आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको पोलिसिबारे समन्वय गरेका थिए ।

शुक्रबार नै १ सय १० जनाको पैसाको चेक पनि हस्तान्तरण गरिएको थियो । शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि आह्वान गरे । अन्य जिल्लामा थोरै पत्रकारहरुको मात्र बीमा गरिएको र सुनसरीमा भने धेरै पत्रकारहरुको बीमा गर्नु उदाहरणीय रहेको भन्दै उनले प्रसंसा गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]