• जेठ १७, २०७७
  • जुनकिरी खबर

इटहरीलाई ७३ र धरानलाई ७९ करोड विनियोजन

alt

 सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि देशभरका स्थानीय तहलाई दुई खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सात सय ५३ स्थानीय तहका लागि २ खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको जानकारी दिए ।

सरकारले ६ वटा महानगरपालिका लागि ९ अर्ब ४७ करोड, उपमहानगरपालिकाका लागि ९ अर्ब ९ करोड, नगरपालिकाका लागि एक खर्ब १५ अर्ब ९८ करोड विनियोजन गरेको छ ।

गाउँपालिकाका लागि एक अर्ब २८ करोड १९ लाख विनियोजन गरेको छ। प्रदेश र स्थानीय तहका लागि सरकारले समानीकरण, सःसर्त, विशेष र समपूरक गरी चार किसिमको बजेट छुट्याइएको छ ।

प्रदेश १ को कुरा गर्दा विराटनगर महानगरपालिकाले ९९ करोड ३१ लाख रुपैया बजेट पाएको छ । यस्तै इटहरी उपमहानगरपालिकाले ७३ करोड ७८ लाख रुपैया पाएको छ भने धरान उपमहानगरपालिकाले ७९ करोड ७९ लाख रुपैया पाएको छ ।

यसैगरी सुनसरीका इनरुवा, दुहबी, बराहक्षेत्र, रामधुनी नगरपालिकाहरुले क्रमशः ४१ करोड ८२ लाख, ४१ करोड २८ लाख, ५६ करोड ७७ लाख, ३६ करोड ३३ लाख रुपैया पाएका छन् । यस्तै सुनसरीकै गाउँपालिकाहरु कोशी गाउँपालिकाले ३१ करोड ११ लाख रुपैया र हरिनगर गाउँपालिकाले ३५ करोड २७ लाख रुपैया बजेट पाएको छ ।

हेरौं, पुर्वका मुख्य नगरपालिकाहरुले कति बजेट पाए,

उर्लाबारी नगरपालिका ४८ करोड ३८ लाख
पथरी शनिश्चरे नगरपालिका ४६ करोड ४९ लाख
बेलबारी नगरपालिका ४५ करोड ३१ लाख
रंगेली नगरपालिका ४६ करोड ०७ लाख
रतुवामाई नगरपालिका ४३ करोड ३३ लाख
लेटाङ नगरपालिका ३३ करोड १४ लाख
ुसुनवर्षी नगरपालिका ३७ करोड ८१ लाख
सुन्दरहरैंचा नगरपालिका ५६ करोड ८० लाख

मेचीनगर नगरपालिका ७० करोड ७७ लाख
दमक नगरपालिका ६६ करोड २६ लाख
बिर्तामोड नगरपालिका ६० करोड ४८ लाख

त्रियुगा नगरपालिका ६९ करोड ४४ लाख
बेलका नगरपालिका ३८ करोड ८२ लाख

धनकुटा नगरपालिका ४५ करोड ३५ लाख
खाँदबारी नगरपालिका ४६ करोड ७१ लाख

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]