• जेठ १७, २०७७
  • जुनकिरी खबर

हत्या आरोपमा बराहक्षेत्रबाट दुईजना पक्राउ, यसरी गरेका थिए हत्या

alt

सुनसरीको बारहक्षेत्र-३ बाङगे बस्ने ३७ बर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन ।

हिजो बिहान सुनसरी बराहक्षेत्र-३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गामा कमल राई मृत अवस्थामा फेला परेका थिए ।

शरिर तथा टाँउकोमा चोट सहित संकास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । हत्या भएको पुष्ठी भए संगै अनुसन्धान थालेको प्रहरीले राईको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र सोही स्थानका १९ बर्षीय प्रदीप राजधामी रहेका छन ।

पक्राउ परेका यी दुबै जनाले पुर्व रिसिबीको कारण योजनाबद्ध रुपमा कमललाइ प्लटिङ जग्गामा लगी लाठ्ठीले टाँउको तथा शरिरका संवेदनशिल अंगमा कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा कानुनी कारबाही तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]