• जेठ १८, २०७७
  • जुनकिरी खबर

पूर्वको मकैमा फैलँदै फौजी किरा

alt

अमेरिकी फौजी कीराले मकै बाली सखाप पार्न थालेपछि इलाम, पाँचथर र ताप्लेजुङका कृषक चिन्तित बनेका छन्। इलाम नगरपालिका–१० भण्डारीवेसीका दुर्गा कुँवरले २२ रोपनी क्षेत्रमा मकै लगाएका छन्। उनले लगाएको मकैमा एक साता अघिदेखि देखिएको फौजी किराले पचास प्रतिशत मकै नस्ट गरिसकेको छ।

उनले सुनाए, ‘कृषि ज्ञान केन्द्रले विषादी लेखिदियो एग्रोभेटले विषादी छैन भनेपछि खालिहात फर्के।’ भण्डारीवेसीका १ सय भन्दा बढी कृषकको मकैवारीमा फौजी किराको प्रकोप देखिएको छ।

इलामको चुलाचुली गाउँपालिका, मांसेबुङ गाउँपालिका, माइ नगरपालिका र इलाम नगरपालिकाका किसान पनि सोही किराको प्रकोकका कारण चिन्तित छन्। इलामको साढे ५ सय हेक्टर मकैबारीमा फौजी किराको प्रकोप छ। गोड्ने बेला भएको मकैमा फौजी किराको प्रकोप बढि देखिएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख सालिकराम भट्टराईले जानकारी दिए। केन्द्रले रोकथामका लागि स्थानीय तहका कृषि शाखामार्फत प्राविधिक सेवा प्रदान गरिरहेको छ।

चुलाचुली गाउँपालिकाको बुकुवा, आइतबारे, बाह्रगोठेलगायतका क्षेत्रमा प्रकोप बढेको कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिए। चुलाचुली गाउँपालिकाले प्रभावित क्षेत्रका किसानलाई निःशुल्क विषादी वितरण गरेको छ।

इलामको ३१ हजार ३ सय ९६ हेक्टरमा खेती गरेर वार्षिक ९१ हजार ४८ मेट्रिक टन उत्पादन हुन्छ। मकै बालीमा सुरु भएको प्रकोपले जिल्लामा खाद्यान्न र पशुपालनमा प्रभाव पर्ने भन्दै राष्ट्रिय कृषक समूह महासंघ इलामले १० वटै स्थानीय तहलाई चनाखो भएर रोकथाममा लाग्न आग्रह गरेको छ।

इलामको छिमेकी जिल्ला पाँचथरको हिलिहाङ, याङवरक, कुम्वायक, तुम्वेवा गाउँपालिका र फिदिम नगरपालिकामा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले जानकारी दिए। १८ हजार ५६३ हेक्टरमा लगाएको मकैबारी मध्ये ७ सय हेक्टरमा फौजी किराको प्रकोप छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]