• जेठ १८, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा थप पाँच जनामा कोरोना पुष्टि

alt

प्रदेश १ मा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज- ६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको अवस्था सामान्य रहेको गौरीगञ्ज गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले जानकारी दिए ।

विराटनगर - १२ मा एकजनालाई कोरोना संक्रमण पुष्टि महिला पनि भारतबाट आएकी थिइन ।

योसँगै प्रदेश १ का नौं जिल्लामा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]