• जेठ २०, २०७७
  • जुनकिरी खबर

प्रदेश १ का हालसम्म ४८ जना डिस्चार्ज, ११९ आइसोलेसनमा

alt

कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेकामध्ये प्रदेश १ का ४८ जना निको भएर डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अब १ सय १९ जना आइसोलेसनमा उपचाररत छन् । प्रदेश १ का १४ मध्ये ९ वटा जिल्लामा संक्रमण पुष्टि भइसकेको छ ।

ती जिल्लामा गरी १ सय ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ ।

पछिल्लोपटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ जना डिस्चार्ज भएका हुन् । यसअघि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रबाट विभिन्न मितिमा गरी ३० जना डिस्चार्ज भइसकेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बीपी प्रतिष्ठानबाट डिस्चार्ज हुनेमा झापाका १७ जना छन् । सुनसरीकी एक महिला पनि डिस्चार्ज गरिएकी हुन् । पछिल्लो पटक गरिएको स्वाब नमुना परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।

 


प्रदेश १ मा संक्रमण पुष्टि भएकाको संख्या १ सय ६७ छ । संक्रमितमध्ये अब ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र ३९ जना विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको रेखदेखमा राखिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ का १४ मध्ये ९ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश भारतबाट आएका व्यक्तिहरु छन् । भारतबाट आएकाहरुमा संक्रमण पुष्टि हुनेक्रम बढेसँगै नाकाबाट ल्याएर क्वारेन्टाइनमा राख्ने र जाँच गर्ने गर्न थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]