• जेठ २१, २०७७
  • जुनकिरी खबर

इटहरीका बजार बिहीबारदेखि खुल्ने

alt

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका बजार बिहीबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर बजार खोलिने भएको हो ।

बुधबार बसेको इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी साथै स्थानीय प्रशासनबीचको बैठकले बजार खोल्ने निर्णय गरेको हो ।

सामाजिक दूरी कायम गर्ने गरी बिहान ७ बजेदेखि १० बजेसम्म बजार खोल्न पाइने उपमहानगरले जनाएको छ । इटहरीमा निजी सवारीसाधनसमेत चलाउन पाइने भएको छ ।

सरकारले कोरोना संक्रमण फैलन नदिन लागू गरेको लकडाउनका कारण नगरमा अत्यावश्यक पसल र औषधि पसलहरु मात्र खुल्दै आएका छन् ।

शैक्षिक संस्था, होटल, मन्दिर, शैलुन, ब्युटीपार्लर, फिटनेस क्लब, सिनेमा हल लगायत बाक्लो जमघट हुने स्थानहरु भने खुल्ने छैनन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]