• जेठ २२, २०७७
  • जुनकिरी खबर

प्रदेश १ का १२ जिल्लामा पुग्यो संक्रमण

alt

प्रदेश १ का थप तीन जिल्लामा संक्रमण पुष्टि भएको छ । बुधबार ताप्लेजुङ, तेह्रथुम र पाँचथरमा थप संक्रमित भेटिएका हुन् । प्रदेशभर संक्रमितको संख्या १ सय ८५ पुगेको छ ।

बुधबार एकै दिन प्रदेश १ का १८ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि भएकामा ताप्लेजुङका तीन, पाँचथरका एक, सुनसरीका ८, मोरङ र झापाका २–२ तथा धनकुटा र तेह्रथुमका एक–एक जना छन् ।

प्रदेश १ का १४ मध्ये संक्रमित पुष्टि भएका जिल्ला अब १२ पुगेका छन् । इलाम र ओखलढुंगाबाहेक सबै जिल्ला संक्रमित व्यक्ति फेला परेको सूचीमा समावेश भएका छन् ।

झापा, उदयपुर, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा संक्रमित पुष्टि भएको प्रदेश १ सरकारले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा पुष्टि भएका संक्रमितमध्ये ४८ जना उपचारपछि डिस्चार्ज गरिएका छन् ।

अब आइसोलेसनमा १ सय ३८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । प्रदेशभरका जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या बुधबार साँझसम्म ३ हजार ८ सय रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]