• जेठ २३, २०७७
  • जुनकिरी खबर

प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

alt

आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

नीति तथा कार्यक्रमले विषयगत रुपमा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ ।

यस्तै विदेशबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुको लागि उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहने कार्यक्रममा उल्लेख छ ।

यसका साथै शिक्षा, सुरक्षा, वन र वातावरण, सूचना प्रविधि, सुशासन, पुर्वाधार, पर्यटन, कृषिलगायतका क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको छ ।

किसानहरुको लागि ४५ करोडको राहत घोषणा गरिएको छ ।

विदेशबाट आउने युवाहरुलाई अनलाइन फर्म भर्न लगाइ अद्यावधिक गरिने योजना छ । यस्तै ती युवालाई समेटेर प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गरिनेछ ।

नीति तथा कार्यक्रमले प्रदेश १ मा स्वीस सरकारको लगानी भित्रिने संकपेत गरेको छ । स्वीस सरकारको सहयोगमा प्रदेश सहयोग कार्यक्रम सञ्चालन हुने जनाइएको छ । प्रदेशका उद्योगलाई प्रोत्साहन प्याकेज ल्याउने उल्लेख छ ।

यो आर्थिक वर्षमा प्रदेश सरकारले कोभिड १९ का कारण पुँजीगत खर्च ४० प्रतिशतमा सिमित भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ५९ प्रतिशत पुँजीगत बजेट खर्च भएको थियो ।

प्रदेश नम्बर एकले आफ्नो प्रदेश भित्रका जिल्ला अस्पतालहरुको स्तरोन्नती गर्ने भएको छ । 

नीति तथा कार्यक्रम पेस गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले जिल्ला अस्पतालको स्तरोन्नती गर्ने नीति प्रस्तुत गरेका हुन् ।

अधिकारिका अनुसार जिल्ला अस्पतालहरुलाई आइसोलेन वार्ड सहित १०० शैय्याको क्षमतामा स्तरोन्नती गरिनेछ। आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटर सहित आवश्यक चिकित्सक सहित जनशक्तिको ब्यवस्था मिलाइने भएको हो।

त्यसै गरि कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिनेछ र स्तरोन्नतिको कार्य शुरु गरिने सरकारको नीति रहेको छ । मेची अस्पताललाई कम्तिमा ६ वटा भेन्टिलेटर सहित स्तरोन्नति गरिनेछ ।

सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी सेवाको समेत सेवा विस्तार गर्दै लगिनेछ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]