• असार २६, २०७६
  • जुनकिरी खबर

विपद् व्यवस्थापनमा सरकारी तयारीमा कमजोरी

alt

काठमाडौं । वर्षायामसँगै बाढी–पहिरोको त्रास सुरु हुन्छ । असारदेखि भदौसम्म बाढी पहिरोको जोखिम रहन्छ । वर्षायाममा २ सय भन्दा बढी क्षेत्र जोखिममा रहने सरकारी तथ्यांक छ । बाढी–पहिरोबाट वर्षेनी ठूलो संख्यामा जन–धनको क्षति हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

विपद् व्यवस्थापनका लागि पर्याप्त तयारी नभएको जानकारहरु बताउँछन् । यसवर्ष भने स्थानीय तहलाई नै परिचालन गर्ने सरकारको तयारी रहेको छ । बाढी–पहिरो, आगलागी, हावाहुरी, हिमपात, सुख्खा खडेरी, भूकम्प विपत्तको कारण हो । अकस्मात हुने यस्ता घटनाका लागि पूर्वतयारी आवश्यक पर्छ ।

सरकारले पनि यसका लागि विशेष तयारी गरेको बताउँदै आएको छ । तर, पूर्व–तयारीकै अभावमा जन–धनको क्षति बढ्ने गरेको विगतका तथ्यांकहरुले देखाएका छन् । यस वर्ष स्थानीय तहलाई नै प्राथमिकतामा राखेर सरकारले विपद् व्यवस्थापनको तयारी गरेको छ ।

तर, त्यसका लागि पर्याप्त बजेट नरहेको स्थानीय तहबाटै गुनासो आउने गरेको छ । केन्द्रीय विपद व्यवस्थापन केन्द्रको कोषमा एक अर्ब ५० करोड रुपैयाँ समेत रहेको छ । मुलुकभर मौसममा बदली भइ वर्षा सुरु भएको छ । बाढी–पहिरो, कटानको जोखिम बढ्ने जानकारहरुले बताएका छन् ।

सरकारले तयार पारेको तथ्याङ्क अनुसार २ सय ४४ स्थानलाई बर्षायामका लागि जोखिम क्षेत्र घोषित गरिएको छ । विपद् आएका बेला मात्र सक्रियता देखाउने र अरुबेला पूर्व तयारीमा वेवास्ता गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

सामान्य खालका विपद्को तयारी रहे पनि ठूला विपद्मा भने तयारी हुन नसकेको सरकारी अधिकारीहरु नै बताउँछन् । योजना बनाउन नसक्नु सरकारकै कमजोरी देख्नेहरु पनि छन् । जानकारहरुले विपद् व्यवस्थापनका लागि विशेष योजना बनाउन सरकारलाई सुझाएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]