• जेठ २६, २०७७
  • जुनकिरी खबर

इटहरी बजार १० बजे पछि खोल्न व्यापारीको माग

alt

लकडाउन जारी रहेको समयमा समेत केही दिन यता देखि इटहरीमा बजार विहान खुल्दै आएकोमा विहानको तीन घण्टा समयमा व्यापारका लागि अनुकुल समय नभएको व्यापारीहरुले गुनासो गर्न थालेका छन ।

उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखेर स्थानीय सरकार , प्रशासन उद्योग वाणिज्य संघको सहमतिमा विहान सात बजे देखि दस बजे सम्म बजार खुल्दै आएकोमा विहानको व्यापारका लागि उपयुक्त नभएको व्यापारीहरुले गुनासो गरेका हुन ।
इटहरी वजारमा कपडा व्यापार गर्दै आएकी अरुणा थापा महिला व्यापारीहरुलाई विहानको समयमा घरकै काम गर्नु पर्ने तथा घरको काम सकेर आएर पसल सरसफाइ गदैमा समय सकिने वताउछिन ।

उनले पसल खुल्न थालेपछि साहुको ताकेता सुरु हुने देखि लिएर सहकारीहरु किस्ता उठाउन आउदा दिन सक्ने गरी व्यापार नहुने भन्दै दिउँसोको समयमा सामाजिक दुरी कायम गरी पसल खोल्न दिनु पर्ने माग गरिन ।

विहान सात वजे देखि १० बजे सम्म बजार खोल्ने सहमति बमोजिम १० बज्ने वितिकै प्रशासन वन्द गराउन आउने गरेको छ । सिमित समयका लागि पसल खोल्न दिए पनि व्यापारका लागि उपयुक्त समय नभएकोले सामाजिक दुरी कायम गरि दिउसो खोल्ने व्यवस्था मिलाउनु पर्ने अर्की व्यवसायी उर्मीला बराल बताउछिन । उनी तीन घण्टाको लागि पसल खोल्न दिदा केही राहत भएपनि व्यापारका लागि उपयुकत समय दिउसो हुन तर्क गर्दछिन ।

व्यापार र व्यापारीलाई ध्यानमा राखेर स्थानीय सरकारले दिउसोको समयमा बजार खुलाउनु पर्ने व्यापारी गुडडु लारी वताउछन । तीन घण्टाको लागि मात्र दिए पनि १० बजे पछि खोल्नु दिनु पर्छ बैक १० बजेपछि खुल्ने हुँदा कतिपय उपभोक्ताहरु बैकबाट पैसा झिकेर सामान किन्न आउने गर्ने हुदाँ त्यस तर्फ ध्यान दिन उनले सुझाव दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]