• जेठ २८, २०७७
  • जुनकिरी खबर

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रम पारित

alt

प्रदेश नं १ प्रदेशसभाको बैठकले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित गरेको छ।

यही जेठ २३ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सदनमा नीति तथा कार्यक्रम पेश गरेका थिए भने तीन दिनको छलफलमा ५२ जना सदस्यले भाग लिएका थिए।

छलफलमा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफमा मुख्यमन्त्री शेरधन राईले नीति तथा कार्यक्रमले प्रदेशका जनताको भावना समेटेको चर्चा गर्दै कोरोनाको महामारीविरुद्ध लड्न सबै एकढिक्का भएर लाग्नुपर्ने विचार राखे। उनले सरकारले कृषि, शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउँदै प्रत्येक जिल्लाको अस्पताललाई स्तरोन्नति गर्ने, उर्लावारीको अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टर बनाउने, धनकुटा जिल्लामा शिक्षण अस्पताल बनाउने तयारी भइरहेको धारणा राखे।

मुख्यमन्त्री राईले स्वास्थ्य वीमा, ज्येष्ठ नागरिक सम्मान, रोग पालेर होइन फाल्ने कार्यक्रमले जनतालाई राहत पुग्ने भन्दै वैदेशिक रोजगारीमा रहेका युवाहरुको ज्ञान, क्षमता र दक्षता प्रयोग गर्न सरकारले अनलाइन फारम भर्ने योजना ल्याएको जानकारी दिए।

उनले इलाममा चिया प्रशोधन केन्द्र निर्माण गर्ने, उत्पादन किसानको मूल्य र बजार सरकारको नाराले कृषकहरुलाई राहत पुग्ने भन्दै कोरोनाका कारण कृषि क्षेत्रलाई बढावा दिन ल्याएका कृषि राहत प्याकेजबाट कृषक लाभान्वित हुने कुरामा जोड दिए।

मुख्यमन्त्री राईले फलफूलमा आत्मनिर्भर बनाउन सरकारले योजना ल्याएको बताउँदै निर्वाचन क्षेत्र विकास र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले बहुवार्षिक सडक योजनाले प्रत्यक्ष रुपमा सरकार र जनतासँग जोड्न सकिने धारणा राखे। विद्युत् उत्पादन, विपन्न लक्षित कार्यक्रम, पर्यटकीय पूर्वाधार निर्माण, वन संरक्षण र व्यवस्थापन जस्ता योजनाले जनता लाभान्वित हुने भन्दै सरकारले शान्ति सुरक्षा सुव्यवस्थित गर्ने र विपन्न परिवारको पहिचान खुल्ने परिचयपत्र वितरण गर्ने सरकारको आगामी आर्थिक वर्षमा कार्य योजना रहने स्पष्ट पारे।

उनले प्रदेशको १४ वटै जिल्लामा पर्यटकीय पूर्वाधार विकास योजना सम्पन्न गर्न गुरु योजना बनाउने, ५० वटा योजनालाई योजना बैंकमा समावेश गर्नु, विराटनगरको रानीमा प्रदेश झल्कने प्रवेशद्वार निर्माण गर्ने, इटहरीमा अन्तराष्ट्रिय स्तरको सभाहल निर्माण गर्ने जानकारी दिए। उनले यस प्रदेशमा २४२ जना कोरोना संक्रमितमा १२४ जना निको भएर फर्किसकेका, १३ हजारभन्दा बढीको पीसीआर परीक्षण गरिसकेको र अब दिनमा ५०० देखि एक हजार जनाको कोरोना परीक्षण हुने जानकारी दिए।

मुख्यमन्त्री राईले प्रदेशको नामकरण प्रदेशसभाको क्षेत्राधिकारभित्र पर्ने भएकाले सहमतिमै प्रदेशको नाम टुंगो लाग्ने चर्चा गरे। नीति तथा कार्यक्रममा समाजवादी पार्टीको तर्फबाट प्रदेशसभा सदस्य जयराम यादव तथा नेपाली कांग्रेसको तर्फबाट केदार कार्की र शेखरचन्द्र थापाले केही बुँदामा असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएका थिए।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]