• असार २७, २०७६
  • जुनकिरी खबर

बाढीपहिरोमा परी १७ जनाको ज्यान गयो, ७ बेपत्ता

alt

लगातार परेको पानीले देशैभरीको जनजीवन प्रभावित बनाएको छ । पानीले कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन् । बाढीपहिरोले अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ भने ७ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयको बेलुकी साढे ६ बजेसम्मको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ ।

गृहमन्त्रालयले आपत्‌कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको बताएको छ। तर रात पर्दै जाँदा पनि पानी नरोकिँदा सम्म ठाउँ र नदी किनारका बासिन्दामा त्रास फैलिएको छ। यस्तै पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन्। देशैभरका कान्तिपुरका जिल्ला संवाददाताहरुका अनुसार पानी पर्न रोकिएको छैन। ठूला नदीहरुको बहाव बढ्दै गएको छ।


राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्। काठमाडौंबाट बाहिरिएका र भित्रने सवारीसाधन जाममा फसेका छन्। यात्रुहरु विचल्लीमा परेका छन्।

पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ। तराईका जिल्लाहरुमा खानेपानीको समस्या हुन थालेको छ।
गृहमन्त्रालयले दिएकोमृतकको विवरण हेरौं :

३ जनाको मृत्यु - कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु।

२ जनाको मृत्यु- भोजपुरमा पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु।

२ जनाको मृत्यु- काभ्रेको बनेपा नगरपालिका-३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल, ७ वर्षीया सोहनी दंगालको मृत्यु।

१ जनाको मृत्यु- ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु।

१ जनाको मृत्यु- रामेछाप नगरपालिका-५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु।

१ जनाको मृत्यु- पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु।

१ जनाको मृत्यु- महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु।

१ जनाको मृत्यु- सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु।

१ जनाको मृत्यु- धादिङको गजुरी गाउँपालिकमा १ दरिमटारकी ८ वर्षीया अस्मिता तामाङको घर भत्किएर मृत्यु।

२ जनाको मृत्यु- खोटाङ खोटेहाङ गाउँपालिका-२ नम्बर वडामा पहिरो गएर विष्णु राईको घर भत्केर श्रीमती रेखा राई र छोरा रोमन राई ४ वर्ष र रोहन राई ७ महिनाको मृत्यु।

१ जनाको मृत्यु- मकवानपुरको थाहा नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]