• जेठ ३०, २०७७
  • जुनकिरी खबर

सुनसरीमा १० जना कोरोना सङ्क्रमित थपिए, ८ जना डिस्चार्ज

alt

सुनसरीमा शुक्रवार थप १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ पुगेको छ ।  थपिएका सङ्क्रमितहरू सबै क्वारेनटाइनमै बसेकाहरू रहेको बताइएको छ । भोक्राहा क्वारेनटाइनमा बस्ने ६ जना, देवानगन्ज क्वारेनटाइनमा बस्ने २ जना र हरी नगर क्वारेनटाइनमा बस्ने २ जना गरी १ महिला र ९ जना पुरुष गरी जम्मा १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । उनीहरू देश बाहिरबाट आएर क्वारेनटाइनमा बसेकाहरू रहेको बताइएको छ ।

प्रतिष्ठानबाट ८ जना डिस्चार्ज

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट शुक्रवार थप ८ जना कोरोना सङ्क्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् ।
शुक्रवार डिस्चार्ज हुनेहरूमा झापा जिल्लाका १ जना पुरुष, ताप्लेजुङका ३ जना पुरुष, पाँचथरका १ जना पुरुष, सुनसरी भोक्राहाका ३ जना पुरुष गरी जम्मा ८ जनाको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएकोले उनीहरूलाई अस्पतालबाट घर पठाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिष्ठानबाट यो सँगै कोरोनाबाट निको भएर घर फर्किएकाहरूको सङ्ख्या १ सय पुगेको छ भने प्रतिष्ठानमा उपचाररत अझै २४ जना रहेको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]