• जेठ ३२, २०७७
  • जुनकिरी खबर

रामधुनीमा १८ महिने बालकमा देखियाे कोरोना पोजेटिभ

alt

रामधुनी नगरपालिका झुम्कामा एक १८ महिने बालकको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

रामधुनी १ झुम्काका बालकमा कोरोना पोजेटिभ देखिएको नगरपालिका स्वस्थ्य शाखाले जनाएको छ ।

बालक बाबुआमासँग झुम्कास्थित क्षेत्रीय कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका थिए । केही दिन अघि सो क्वारेन्टाइनका ३४ जनाको स्वाब संकलन गरिएको थियो ।

सोही मध्ये बालक र उनको परिवारको स्वाब पुनः परीक्षण गरि पठाइएको र सोही मध्ये बालकको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पाैडेलका अनुसार बालककाे परिवार भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । बालककाे बाबुआमा र दाजुलाई भने कोरोना संक्रमण भएको छैन ।

संक्रमित बालक र आमालाई धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको पौडेलले बताए ।

यस अघि रामधुनी ५ का ३० वर्षिय पुरूषलाई काेराेना संक्रमण देखिएकाे थियाे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]