• असार २, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ढुंगा गिटीका लागि पहाड फोर्ने

alt

प्रदेश १ सरकारले ढुंगा, गिटी, वालुवाजस्ता निर्माण सामग्रीको अभाव पूर्तिका लागि पहाड फुटाउने नीति लिएको छ ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा नै ढुंगा, गिटी र बालुवाजस्ता सामग्रीका उत्खनन, प्रशोधन र भण्डारणका लागि खानी उद्योग सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको १९४ औं बुँदामा भनिएको छ, ‘भौतिक पूर्वाधार क्षेत्रको विकास निर्माणका लागि महत्वपूर्ण सामग्रीको रुपमा रहेको ढुंगा, गिटी, वालुवा, लगायतका सामग्रीहरुको उत्खनन, प्रशोधन र भण्डारण गरी उपभोक्ताबीच आपूर्ति व्यवस्था स्थायी एवम् दिगो ढंगले प्रबन्ध गर्न प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रलाई समेत सहभागी गराई खानी उद्योगहरु सञ्चालन गरी निर्माण सामग्रीको मुल्यलाई नियन्त्रण गरी सर्वसुलभ बनाइनेछ ।’

नीति तथा कार्यक्रममा यो विषय  समेटिए पनि बजेटमा भने यससम्बन्धी कार्यक्रम उल्लेख छैन ।

प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोका अनुसार प्रदेश १ का विभिन्न खोला तथा नदीमा ढुंगा, गिटी र बालुवा निकाल्न वैधानिक रुपमा लगाइएका ठेक्कबाट मागको ४० प्रतिशतमात्र आपूर्ति हुन्छ । बाँकी ६० प्रतिशत माग अवैध उत्खनन तथा चोरी निकासीबाट पूरा हुँदै आएको छ ।

ठेकेदारबाट हुने अवैध उत्खननलाई नियन्त्रणका लागि पनि व्यवस्थित खानी उद्योग सञ्चालन गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।

‘विस्तृत अध्ययन गरी प्रयोगविहीन रहेका पहाडलाई भत्काउने योजना हो’ मन्त्री आङ्बोले भने ‘ अहिले प्रदेशको आन्तरिक स्रोत पूरा गरी अन्य प्रदेशमा निकासी गर्न पनि सकिन्छ ।’ विज्ञ समुहको अध्ययन पछि काम अघि बढ्ने उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]