• असार ३, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा कोरोना निको हुने दर ४५ प्रतिशत

alt

 प्रदेश १ मा कोरोना संक्रमति थपिएसँगै उपचारपछि सन्चो (निको) हुने दर पनि बढेको छ । प्रदेशका १४ मध्ये १२ जिल्लामा कोरोनाका संक्रमित फेला परेका छन् । 

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना निको हुने दर ४५ प्रतिशतभन्दा बढी छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ४०२ पुगेको छ  । सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपचार गरेर सन्चो हुने क्रम पनि बढ्दो क्रममा रहेको बताउँदै भने, “संक्रमित हुने मात्र होइन उपचारपछि ठीक हुने दर पनि बढ्दो क्रममा छ ।”

अस्पतालमा भर्ना भई ठीक भएर घर फर्कनेको संख्या मंगलबारसम्म १८१ जना छ । यो कुल संक्रमित संख्याको ४५ दशमलव ०२ प्रतिशत हो । मंगलबार मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सातजना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमण हुने दर पनि बढ्दो छ ।

गत वैशाख ५ गते पहिलोपटक उदयपुरमा एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएसँगै यो प्रदेशमा कोरोनाका संक्रमित बढ्न थालेका हुन् । अहिले भारतबाट आउनेमा अधिक संक्रमण देखिन थालेको छ । जिल्लागत रूपमा अहिलेसम्म झापामा १७८, मोरङमा ९३, सुनसरीमा ६२, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, उदयपुरमा ४३, सोलुखुम्बुमा १, संखुवासभामा २, तेह्रथुममा २, इलाममा २ र पाँचथरमा एक संक्रमित फेला परेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]