• असार ३, २०७७
  • जुनकिरी खबर

सुन्दरहरैचा नगरपालिकामा एक घर एक बिरुवा अभियान सुरू

alt

मोरङ्खको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ ले एक घर, एक बिरुवा अभियान सुरू गरेको छ ।
विषादी फलफुलको आयात रोकी अग्र्यानिक फलफुल उत्पादनमा जोड दिने उद्देश्यले वडाका प्रत्येक घरलाई अनिवार्य लागू हुने गरी एक घर, एक बिरुवा अभियान थालेको हो । सुन्दरहरैचा ४ लाई हरित नगरका रुपमा विकास गर्नका लागि यस्तो अभियान सुरु गरीएको वडा कार्यालयले जानकारी दिएको छ । बर्षाको समय सुरु भएसंगै किसानहरुको मागअनुसार फलफुलका बिरुवाहरु बितरण गरिएको हो । सुन्दरहरैचा वडाले बिभिन्न प्रजातिका आँप, लिची, मेवा, वाह्रमासे कागती , कटहर लगाएतका बिरुवा निशुल्क उपलब्ध गराएको छ । बजारमा पाउने फलफूलमा बढि मात्रामा बिषाधीको प्रयोग हुने गर्दछ जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पर्ने हुदाँ आफ्नै घरमा फलफुल उत्पादन गरेर खानुपर्ने सुन्दरहरैचा वडा न ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ बताउछन् ।

यसरी वडाले फलफुलका बिरुवा उपलब्ध गराउदा खुसी लागेको स्थानिय लिला प्रसाद पोखरेल बताउछन् । पैसासँग विष साटेर खाने प्रवृत्तिको अन्त्यका लागि घर, खेतबारीमै अग्र्यानिक फलफुल उत्पादन गर्नुपर्ने कार्यक्रमले थप प्रेरणा र सन्देश समेत दिएको पोखरेलको भनाइ छ ।

वडा कार्यालयले वडावासीको लागी लल्याएको योजना निकै प्रशंसायोग्य भएको स्थानीय सागर कटेलले बताए ।
वडा कार्यालयले आगामी आर्थिक वर्षमा एक घर, एक विरुवा लाई थप बजेट विनियोजन गर्ने योजनो बनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]