• असार ५, २०७७
  • जुनकिरी खबर

कोसी करिडोर स्थानीय तहले बनाउने

alt

अलपत्र अवस्थामा रहेको कोशी करिडोर बन्ने भएको छ। उदयपुरका तीन स्थानीय तह कटारी, ताप्ली, लिम्चुङबुङले निर्माण गर्ने भएका छन्।  मध्यपहाडी लोकमार्गमा जोडिने कोसी करिडोर उदयपुरको घुर्मी–चतरा सडक उदयपुरका तीन स्थानीय तहले निर्माण गर्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले जानकारी दिए। वन कार्यालयले रोकेपछि १६७ किलोमिटर दूरी भएको सडकको ट्रयाक खोल्ने काम अलपत्र परेको थियो।

३ गते बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरका अध्यक्ष विनोद कटुवालको अध्यक्षतामा कटारी नगरपालिका कार्यालयमा बसेको सर्वपक्षीय बैठकले संघीय सरकारले अलपत्र पारेको सडक स्थानीय तहले निर्माण गर्ने निर्णय गरेको छ। संघीय सरकारले १० वर्षअघि निर्माण सुरु गरेर अहिले अलपत्र पारेको कोसी करिडोर उदयपुरका तीन स्थानीय तहले संयुक्त रुपमा चार करोड लगानी गर्ने भएपछि कोसी करिडोर बन्ने भएको हो।

२०६७ मा २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्रयाक खोल्न सुरु गरेका थिए। तर साविकको जिल्ला वन कार्यालय उदयपुरले प्रक्रिया पूरा नगरी निर्माण कम्पनीले काम गर्न थालेको भन्दै रोकेको थियो। उदयपुरको घुर्मीबाट सुनसरीको चतरासम्मको १६७ मध्ये ६० किलोमिटर सडकमा ट्रयाक खोल्न ०६७ मै टेन्डर लागेर काम सुरु भएको थियो। 

ताप्ली गाउँपालिका उदयपुरका अध्यक्ष उद्धवसिंह थापाले वन कार्यालयले इआइए गरेर काम अघि बढाउन सरकारी प्रक्रिया टुंग्याउँदा पनि काम सुरु नभएपछि स्थानीय तहले मिलेर सडक निर्माण गर्न लागेको बताए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]