• असार ६, २०७७
  • जुनकिरी खबर

प्रदेश एकमा कोरोनाबाट निको हुनेको संख्या २३४ पुग्यो

alt

कोरोना भाइरस संक्रमण पुष्टि भएर आइसोलेसनमा राखिएका १० जना निको भएर घर फर्केका छन् । प्रदेश १ का संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या २ सय ३४ पुगेको छ ।

विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रबाट शुक्रबार साँझ उनीहरुलाई डिस्चार्ज गरिएको हो । प्रदेश सरकारका अनुसार मोरङका दुईजना, खोटाङका तीनजना, सुनसरीका तीनजना र उदयपुरका दुई जना संक्रमणमुक्त भइ घर फर्केका हुन्। फर्कनेमध्ये चारजना महिला छन् ।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई उक्त उपचार केन्द्रमा भर्ना गरिएको थियो । पछिल्लो पटक गरिएको स्वाब नमुना परीक्षणमा संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय २२ छ । डिस्चार्ज गरिएकाबाहेकलाई आइसोलेसनमा राखेर चिकित्सकहरुले हेरचाह गरिरहेका छन् ।

विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा गरी १ सय ८८ जना भर्ना गरिएका छन् । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा २५, मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा ८५ र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना भर्ना गरिएका छन् ।

पछिल्लो पटक शुक्रबार मोरङको बुढीगंगाका एक र झापाको दमकका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]