• असार ९, २०७७
  • जुनकिरी खबर

पीसीआर परीक्षणको दायरा बढाएको भ्रम फैलाउँदै प्रदेश १ सरकार

alt

प्रदेश १ सरकारले पीसीआर परीक्षणको दायरा बढाएको भन्दै भ्रम सिर्जना गर्न थालेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पीसीआर परीक्षणको दायरा बढाएर दैनिक १ हजारदेखि १ हजार २ सय जनाको स्वाब परीक्षण भइरहेको प्रदेशसभामा मंगलबार जानकारी गराएका छन् ।

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सयदेखि ६ सय, कोसी अस्पतालमा २ सय ५० देखि ३ सय र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २ सय ५० देखि ३ सय जनाको स्वाब परीक्षण भइरहेको बताए । तर वास्तविकता फरक छ ।

दैनिक पीसीआर परीक्षण क्षमता प्रतिष्ठानको ल्याबमा २ सय, कोसीमा ७० र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १ सय ३५ गरी प्रदेशभरिमा कूल ३ सय ५ छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पीसीआर परीक्षणलगायत कोभिड–१९ सम्बन्धी आधिकारिक जानकारी प्रत्येक दिन साँझ दिनभरिको गतिविधि सार्वजनिक गर्दै आएको छ । उक्त कार्यालयको तथ्यांकअनुसार आइतबार ४ सय ४३, शनिबार ३ सय ५६ र शुक्रबार ६ सय ६८ जनाको स्वाब परीक्षण गरिएको थियो ।

मन्त्री कार्कीले सोमबारसम्ममा प्रदेशभरि १९ हजार ५ सय ६८ जनाको स्वाब परीक्षण गरिएको प्रदेशसभामा जानकारी गराए । आइतबारसम्ममा १८ हजार ६ सय ४ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पनि सोमबारको तथ्यांक सार्वजनिक गरेन । यसबाट पनि प्रदेश सरकारले पीसीआर परीक्षणको दायरा बढाएको भ्रम फैलाउन खोजेको पुष्टि भएको चिकित्सकहरुको भनाइ छ । २/३ जनाको स्वाबको एउटा नमुना बनाएर पुल सिष्टममा स्वाब परीक्षण गरेर पीसीआर परीक्षणको दायरा बढाएको प्रदेश सरकारको भनाइ छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको स्वाब पुल सिष्टममा परीक्षण गर्न नमिल्ने बताए । भारतलगायत विभिन्न मुलुकबाट आउनेहरुको संख्या अधिक रहेको र उनीहरुकै परीक्षणमा अहिले केन्द्रित रहेको बताए । ‘कहींकतै बाहिर नगएका तर परीक्षण गराउनु पर्ने अवस्था भएका कर्मचारी, विशिष्ट व्यक्ति लगायतकालाई पुल सिष्टममा स्वाब परीक्षण गर्दै आएका छौं,’ उनले भने, ‘पुल सिष्टममा २ देखि ३ जनाको स्वाब एक ठाउँ मिसाएर एउटा नमुना बनाई परीक्षण गर्छौं तर त्यसमा संक्रमण देखेपछि तीन वटै नमुनालाई छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने बाध्यता हुन्छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]